मार्श र म्याक्सवेलको उत्कृस्ट साझेदारी, इंग्ल्यान्डलाई २९५ रनको लक्ष्य

अस्ट्रेलिया र इंग्ल्यान्ड बीच तिन म्याचको वानडे सिरिज म्यानचेस्टरमा सुरु भएको छ। इमिरेट्स ओल्ड ट्र्याफोर्डमा जारि पहिलो वानडेमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २९४ रन बनाउदै इंग्ल्यान्डलाई २९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भ्रमण टोलिको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाए जुन क्रममा ५९ बलमा समान ४/४ चौका र छक्का प्रहार गरे। यस्तै मिचेल मार्शले ११० बलमा ६ चौका मद्दतले ७३ रन बनाए।  मार्कस स्टोइनिसले ३४ बलमा ४३ रन बनाउदा मार्नस लाबुसेनले २१, आरोन फिन्चले १६, एलेक्स केरे १० तथा डेभिड वार्नरले ६ रनमा आउट भए। अविजित रहेका मिचेल स्टार्कले १२ बलमा १ चौका र छक्का प्रहार गर्दै १९ रन बनाए।

सातौँ नम्बरमा ब्याटिंग गर्दै म्याक्सवेलले ५९ बलमा ७७ रन बनाए

सुरुवात देखि निरन्तर विकेट गुमाएको भ्रमण टिम २४ औं ओभरमा १२३/५ को अवस्थामा पुगेको थियो। त्यसपछि छैठौं विकेटको लागि मार्श र म्याक्सवेलले १२६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उकासेका थिए। म्याक्सवेललाई ४४ औं ओभरमा जोफ्रा आर्चरले बोल्ड गर्दै साझेदारी तोडेका थिए।

इंग्ल्यान्डको बलिंगमा फास्ट बलरद्वय जोफ्रा आर्चर र मार्क वुडले समान ३/३ विकेट लिए। आर्चरले १० ओभरमा ५७ रन खर्चिए जुन क्रममा वार्नर र म्याक्सवेलको महत्वपूर्ण विकेट हात पारे। यस्तै वुडले कप्तान फिन्च, स्टोइनिस र मार्शको विकेट लिए। लेग स्पिनर आदील राशिदले ५५ रन खर्चेर २ विकेट लिए।

डेभिड वार्नरको विकेट लिएपछि आर्चर

खेलमा स्टिभ स्मिथ खेलीरहेका छैनन्। उनको बिहिबार अभ्यासको क्रममा टाउकोमा चोट लागेपछि जांच भइरहेको छ।

अस्ट्रेलियाको इंग्ल्यान्ड भ्रमण अन्तर्गत यस अघि सम्पन्न टि-२० सिरिजमा इंग्ल्यान्ड २-१ ले विजयी भएको थियो। सिरिज अन्तर्गत दोश्रो खेल सेप्टेम्बर १३ तथा तेश्रो खेल सेप्टेम्बर १६ मा खेलिनेछ।

यो पनि पढ्नुस :-

अभ्यासको क्रममा घाइते हुँदा स्मिथ पहिलो वानडेबाट बाहिर

‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा

CPL 2020 : लिगमा उत्कृस्ट ११ खेलाडीको टिम

दक्षिण अफ्रिकी क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप, आईसीसीद्वारा निलम्बनको सम्भावना

क्यानले वितरण गर्यो खेलाडीहरुको २०१९ को तलब, कसले कति रकम पाए





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]