इंग्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलिया टि-२० वरियताको शिर्षमा

तेश्रो तथा अन्तिम टि-२० मा अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डलाई भ्रमण टोलि अस्ट्रेलियाले ५ विकेटले पराजित गरेको छ। त्यसको वावजुद तिन टि-२० को सिरिज इंग्ल्यान्डले २-१ ले जितेको छ। यस अघि पहिलो र दोश्रो टि-२० क्रमशः २ रन र ६ विकेटले जित्दै इंग्ल्यान्डले जितेको थियो। अन्तिम टि-२० मा पुनरागमन गर्ने क्रममा इंग्ल्यान्डले दिएको १४६ रनको लक्ष्य भ्रमण टोलिले ५ विकेट गुमाएर १९.३ ओभरमा पुरा गर्यो।

अस्ट्रेलियाको लागि मिचेल मार्श र कप्तान आरोन फिन्चले सर्वाधिक ३९ रन बनाए। मार्शले ३६ बलमा २ चौका र १ छक्का तथा फिन्चले २६ बलमा ४ चौका र १ छक्का हिर्काए। १०० रनमा ५ विकेट गुमेपछि मार्श र एगरले छैठौं विकेटको लागि अविजित ४६ रनको साझेदारी गरेका थिए। मार्कस स्टोइनीसले २६, एस्टन एगरले अविजित १६ तथा म्याथु वेडले १४ रन बनाए। ग्लेन म्याक्सवेल ६ र स्टिभ स्मिथ ३ रन बनाएर आउट भए।

मार्शले अविजित ३९ रन बनाए

इंग्ल्यान्डको बलिंगमा लेग स्पिनर आदील रशिदले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए। उनले ग्लेन म्याक्सवेल र आरोन फिन्चलाई ११ औं ओभरमा आउट गरेका थिए। त्यसपछि स्टिभ स्मिथलाई ३ रनमा कट एण्ड बोल्ड गर्दा इंग्ल्यान्ड खेलमा फर्किएता पनि मार्श र एगरले विकेट नगुमाई अस्ट्रेलियालाई सुरक्षित गन्तव्य प्रदान गरेका थिए। मार्क वुड ( १/३८ ) र टम करन ( १/२३ ) ले समान १ विकेट लिंदा जोफ्रा आर्चर र क्रिस जोर्डन विकेटविहिन रहे।


इंग्ल्यान्डको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। घरेलु टिम नियमित कप्तान ओएन मोर्गन र जोस बटलर बिना मैदानमा उत्रिएको थियो।

इंग्ल्यान्डको लागि ओपनर जोनी बेयर स्टोले सर्वाधिक ५५ रन बनाए। यस क्रममा उनले ४४ बलमा समान ३ छक्का र चौका प्रहार गरे। जो डेनलिले अविजित २९, कप्तान मोइन अलिले २३ तथा दविड मलानले २१ रन बनाए। ओपनर टम बान्टन दोश्रो ओभरमा आउट भएपछि बेयरस्टो र मलानले दोश्रो विकेटको लागि ४९ रनको साझेदारी गरेका थिए।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले सर्वाधिक २ विकेट लिए जुन क्रममा मलान र स्याम बिलिंग्सलाई पेभेलियन पठाए। मिचेल स्टार्क ( १/२० ) , जोश हेजलवुड ( १/२३ ), केन रिचर्डसन ( १/३१ ) र एस्टन एगर ( १/३५ ) ले समान १ विकेट लिए।

बेयरस्टोले सर्वाधिक ५५ रन बनाए

खेलको प्लेयर अफ द म्याच मिचेल मार्श चुनिए। भने प्लेयर अफ द सिरिज जोस बटलर चुनिए। बटलरले पहिलो टि-२० मा ४४ तथा दोश्रो टि-२० मा ७७ रन बनाएका थिए।

टि-२० सिरिज पछि दुइ देशले तिन वटा वानडेको सिरिज खेल्नेछ। म्यानचेस्टरमा सुरु हुने सिरिजको पहिलो खेल सेप्टेम्बर ११ तारिख शुक्रबार खेलिनेछ। दोश्रो खेल सेप्टेम्बर १३ र तेश्रो खेल सेप्टेम्बर १६ मा खेलिनेछ। सबै खेल ओल्ड ट्राफोर्ड मैदानमा खेलिनेछ।

टि-२० वरियतामा अस्ट्रेलिया पहिलो स्थानमा 

तेश्रो टि-२० मा जित पछि अस्ट्रेलिया टि-२० वरियतामा पहिलो स्थानमा उक्लिएको छ। अस्ट्रेलियाको २७५ अंक रहेको छ भने दोश्रो स्थानमा इंग्ल्यान्डको २७१ तथा तेश्रो स्थानको भारतको २६६ अंक रहेको छ। पाकिस्तान , दक्षिण अफ्रीका , न्युजिल्यान्ड , श्रीलंका, बंगलादेश, वेस्टइन्डिज र अफगानिस्तान क्रमशः चौथो देखि दशौँ स्थानमा रहेको छ। वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/2nd-low-total-cpl-history-w20/

https://wicketnepal.com/sandeep-wicketless-first-time-wn20/

https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/sandeep-best-9-spell-in-foreign-t20-league/





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]