२७ वर्ष पछि इंग्ल्याण्ड फाइनलमा, सेमीफाइनलमा अस्ट्रेलियाको इतिहासमै पहिलो हार

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ।

लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक टिमले स्थान बनाएको हो। सन् २०११ मा भारत, २०१५ मा न्युजिल्याण्ड र अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो। २०११ मा भारत र २०१५ मा अस्ट्रेलियाले विश्वकप जितेको थियो।

सन् १९९२ को विश्वकपमा पछिल्लो पटक विश्वकपको फाइनल पुगेको इंग्ल्याण्डले २७ वर्ष पछि बल्ल फाइनलमा स्थान बनाएको हो। १९९२ पछि इंग्ल्याण्ड सेमीफाइनल पनि पुग्न सकेको थिएन। त्यसअघि १९७५ को विश्वकपमा सेमीफाइनल, १९७९ को विश्वकपमा उप-विजेता र १९८३ को विश्वकपमा सेमीफाइनल तथा १९८७ र १९९२ को विश्वकपमा इंग्ल्याण्ड फाइनल पुगेको थियो।

३ पटक फाइनल पुगे पनि उपाधि भने हालसम्म इंग्ल्याण्डले जित्न सकेको छैन। न्युजिल्याण्ड भने सन् २०१५ मा पहिलो पटक फाइनल पुगेको थियो भने लगातार दोश्रो पटक उपाधि नतिक पुगेको हो।

अर्कोतर्फ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलिया पराजित भएको यो पहिलो पटक हो। सन् १९७५ मा इंग्ल्याण्डलाई, १९८७ मा पाकिस्तानलाई, १९९६ मा वेस्ट इन्डिजलाई, २००३ मा श्रीलंकालाई, सन् २००७ मा दक्षिण अफ्रीकालाई तथा सन् २०१५ मा भारतलाई अस्ट्रेलियाले सेमीफाइनलमा पराजित गरेको थियो।  १९९९ मा दक्षिण अफ्रीकासंगको सेमीफाइनल भने बराबरी भएको थियो।

इंग्ल्याण्डको सहज जित 

खेलमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य इंग्ल्याण्डले मात्र २ विकेट गुमाएर ३२.१ ओभरमै लक्ष्य पुरा गर्यो।

सहज जित दिलाउन इंग्ल्याण्ड ओपनर जेसन रोय र जोन्नी बेयरस्टोले १२४ रनको ओपनिंग साझेदारी गरे। १८ औं ओभरमा स्टार्कले एलबिडब्लु आउट गर्नु अघि बेयरस्टोले ३४ रन बनाए। आक्रामक ब्याटिंग गरेका रोय २० औं ओभरमा कमिन्सबाट कट बिहाइन्ड भए। उनले ६५ बलमा ५ छक्का र ९ चौका मदतले ८५ रन बनाए।

त्यसपछि कप्तान ओएन मोर्गन र जोए रुटले इंग्ल्याण्ड इनिंग सम्हाले। दुवैले तेश्रो विकेटको लागि ७९ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई जितसम्म पुर्याए। रुटले अविजित ४९ रन बनाए जुन क्रममा ४६ बलमा ८ चौका प्रहार गरे भने मोर्गनले अविजित ४५ रन बनाए जुन क्रममा ३९ बलमा ८ चौका प्रहार गरे।

अस्ट्रेलियाको लागि मिचेल स्टार्क ( ८-०-६४-१ ) र प्याट कमिन्स ( ७-०-३४-१ ) ले १/१ विकेट लिए।

अस्ट्रेलियाको चलेन ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २२३ रनको योगफल तयार गरेको थियो।

अस्ट्रेलियाको लागि पुर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन ( ११९ बलमा ६ चौका ) तथा एकेक्स केरेले ४६ रन ( ७० बलमा ४ चौका ) बनाए।

अस्ट्रेलियाले पहिलो ३ विकेट ६.१ ओभरमा १४ रनमै गुमाएको थियो। डेभिड वार्नर ९, आरोन फिन्च ० तथा पिटर ह्यान्ड्सकम्ब ४ रन बनाएर आउट भएका थिए। वार्नरलाई क्रिस वोक्सले क्याच आउट गराए भने फिन्चलाई जोफ्रा आर्चरले एलबिडब्लु धरापमा पारेका थिए।

चौथो विकेटको लागि स्मिथ र केरेले १०३ रनको साझेदारी गरे। चौथो विकेटको रुपमा केरेआई आदील रशिदले क्याच आउट गर्दै साझेदारी तोडेका थिए। त्यसपछि आर्चरले २२ रन बनाएका म्याक्सवेललाई क्याच आउट गराए।

स्टिभ स्मिथ ४८ औं ओभरमालाई जोस बटलरले रन आउट गरे। तल्लो क्रममा मिचेल स्टार्कले २९ रन बनाए।

BIRMINGHAM, ENGLAND – JULY 11: Adil Rashid of England appeals successfully for the wicket of Marcus Stoinis of Australia during the Semi-Final match of the ICC Cricket World Cup 2019 between Australia and England at Edgbaston on July 11, 2019 in Birmingham, England. (Photo by Michael Steele/Getty Images)

इंग्ल्याण्ड बलर क्रिस वोक्स ( ८-०-२०-३ ) र जोफ्रा आर्चरले ( १०-०-५४-३ ) ले ३/३ विकेट तथा जोफ्रा आर्चरले ( १०-०-३२-२ ) र मार्क वुड ( ९-०-४५-१ ) ले १/१ विकेट लिए।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]