बटलरले उत्कृस्ट ब्याटिंग इंग्ल्यान्डले जित्यो टि-२० सिरिज

अस्ट्रेलियालाई दोश्रो टि-२० मा ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तिन टि-२० को सिरिज १ खेल बाँकी रहदै जित्न सफल भएको छ। पहिलो टि-२० मा पनि इंग्ल्यान्ड रोमान्चक खेलमा २ रनले विजयी भएको थियो। 

द रोज बल साउथह्याम्पटनमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य घरेलु टिमले १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पछ्यायो।

इंग्ल्यान्डको लागि ओपनर जोस बटलरले अविजित ७७ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। उनले आठौ अर्धशतक बनाउने क्रममा ५४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै दविड मलानले ३२ बलमा ४२ रन बनाए जुन क्रममा ७ चौका प्रहार गरे।

बटलरले अविजित ७७ रन बनाए

ओपनर जोनी बेयरस्टो ९ रन बनाएर आउट भएपछि बटलर र मलानले दोश्रो विकेटको लागि ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। टम बान्टन २ तथा कप्तान ओएन मोर्गन ७ रन बनाएर आउट हुँदा अन्तिममा इंग्ल्यान्ड थोरै दबाबमा रहेता पनि १९ औं ओभरमा एडम जाम्पालाई मोइन अलि र बटलरले १/१ छक्का प्रहार गर्दै जित दिलाएका थिए। अलिले ६ बलमा १ छक्का र १ चौका प्रहार गर्दै १३ रन बनाए।

अस्ट्रेलियाको बलिंगमा एस्टन एगरले सर्वाधिक २ ( ४-०-२७-२ ) तथा मिचेल स्टार्क र एडम जाम्पाले समान १ विकेट लिए।

अस्ट्रेलियाको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गर्दै अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। उसको लागि ओपनर आरोन फिन्चले सर्वाधिक ४० रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै मार्कस स्टोइनिसले ३५ ( २६ बलमा २ चौका र २ छक्का ) , ग्लेन म्याक्सवेलले २६, एस्टन एगरले २३ रन बनाए।

फिन्चले सर्वाधिक ४० रन बनाए

अत्यन्त नाजुक सुरुवात गरेको अस्ट्रेलियाले ३० रनमा ३ विकेट गुमाएपछि फिन्चले चौथो विकेटको लागि स्टोइनिससंग ४९ रनको साझेदारी गरेका थिए। दुवै ब्याट्सम्यान आउट भएपछि छैठौं विकेटको लागि ग्लेन म्याक्सवेल र एगरले ४३ रनको साझेदारी गरेका थिए।

इंग्ल्यान्डको बलिंगमा क्रिस जोर्डनले ४० रन खर्चेर सर्वाधिक २ विकेट लिए। यस्तै जोफ्रा आर्चर, मार्क वुड र आदील रशिदले समान १ विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो टि-२० मंगलबार खेलिनेछ। त्यसपछि दुइ टिमले तिन वटा एकदिवसीयको सिरिज खेल्नेछन् जुन सेप्टेम्बर ११ देखि म्यानचेस्टरमा सुरु हुनेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/trinbago-10th-win-vs-st-kitts-wn20/

https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/

https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]