इंग्ल्यान्ड १८३ रनमै सिमित

भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट नटिंघम स्थित ट्रेन्ट ब्रिज स्टेडियममा सुरु भएको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्यान्डले पहिलो इनिंग्समा ६५.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८३ रन बनाएको छ। पहिलो दिन ब्याटिंग सुरु गरेको भारतले दिनको समाप्तिमा १३ ओभरमा विकेट नगुमाई २१ रन बनाएको छ र भारतको पहिलो इनिंग्सको योगफल भन्दा १६२ रनले पछि रहेको छ। ओपनर रोहित शर्मा र केएल राहुल समान ९ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

इंग्ल्यान्डको लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाए जुन क्रममा १०८ बलमा ११ चौका प्रहार गरे। यस्तै जोनी बेयरस्टोले २९ रन, स्याम करनले अविजित २७ रन, ज्याक क्रलेले २७ रन, डोमिनिक सिबलेले १८ रन योगदान दिए।

इनिंग्सको पहिलो ओभरमै रोरी बर्न्सलाई जस्प्रित बुम्राहले खाता नखोली एलबिडब्लु पारेपछि दोश्रो विकेटको लागि डोमिनिक सिबले र ज्याक क्रलेले ४२ रन जोडे। क्रलेलाई मोहम्मद सिराजले क्याच आउट गराउदै भारतलाई खेलमा फर्काए। त्यसपछि सिबलेलाई मोहम्मद शामीले क्याच आउट गरे।

चौथो विकेटको लागि कप्तान रुटले जोनी बेयरस्टोसंग ७२ रनको साझेदारी गरे। बेयरस्टोलाई मोहम्मद शामीले एलबिडब्लु गर्दै साझेदारी तोडे। सोहि ओभरमा ड्यानीयल लरेन्स पनि खाता नखोली क्याच आउट भए। जोस बटलर पनि खाता नखोली जस्प्रित बुम्राहबाट क्याच आउट भए। त्यसपछि स्याम करनले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने क्रम निरन्तर रह्यो। फलस्वरुप रुटको विकेट जानु अघि १५५/६ को अवस्थाबाट बाँकी ४ विकेट गुम्दा इंग्ल्यान्डले थप २८ रन मात्र योगफलमा जोड्न सक्यो।

भारतको बलिंगमा जस्प्रित बुम्राहली सर्वाधिक ४ विकेट ( २०.४-४-४६-४ ) लिए। यस्तै मोहम्मद शामीले ३ विकेट ( १७-२-२८-३ ) , शार्दुल ठाकुरले २ विकेट ( १३-३-४१-२ ) तथा मोहम्मद सिराजले १ विकेट ( १२-२-४८-१ ) लिए।

खेलमा भारतले अन्तिम-११ मा रभीचन्द्रन आश्विनलाई समाबेश गरेको छैन भने एक मात्र स्पिनरको रुपमा रभीन्द्र जडेजा खेलीरहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy