एकतर्फी खेलमा भारतलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

सेमीफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टि-ट्वान्टी विश्वकप २०२२ को फाइनल पुगेको छ। विश्वकप उपाधिको लागि इंग्ल्यान्ड र पाकिस्तान नोभेम्बर १३ तारिख आइतबार प्रतिस्पर्धा गर्नेछन्।

एडिलेड मैदानमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्यान्डले विकेट नगुमाई ४ ओभर बाँकी हुँदै भेटायो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले उत्कृस्ट सुरुवात गर्यो। पहिलो ६ ओभरमा एलेक्स हेल्स र जोस बटलरले ६३ रन बनाए। त्यसपछि पनि दुई ओपनर रोकिएनन्। हेल्सले मात्र २८ बलमा तथा बटलरले ३६ बलमा अर्धशतक पुरा गरे। दुवैले शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्कने कुनै मौका दिएनन्।

बटलरले ४९ बलमा ९ चौका र ३ छक्का मद्दतले अविजित ८० तथा हेल्सले ४७ बलमा ४ चौका र ७ छक्का मद्दतले ८६ रन बनायो।

टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १६८ रन बनायो।

५ रन बनाएका ओपनर केएल राहुल दोश्रो बोहरमा क्रिस वोक्सबाट विकेट पछाडी समातिन पुगे। दोश्रो विकेटको लागि कप्तान रोहित शर्मा र बिराट कोहलीले ४७ रनको साझेदारी गरे। ६ ओभरमा भारतले विकेट एक मात्र गुमाएता पनि ३८ रन मात्र बनायो। नवौं ओभरमा रोहितलाई क्रिस जोर्डनले क्याच आउट पारे। रोहितले २८ बलमा २७ रन बनाए। बाह्रौं ओभरमा सुर्यकुमार यादव १४ रन बनाएर आदील राशिदबाट क्याच आउट भए।

चौंथो विकेटको लागि कोहली र हार्दिक पान्ड्याले अर्धशतकीय साझेदारी गरे। ६१ रनको साझेदारी गरेपछि कोहली अठारौं ओभरको अन्तिम बलमा क्रिस जोर्डनबाट क्याच आउट भए। त्यस अघि कोहलीले ४० बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए।

उन्नाईसौं ओभरमा स्याम करनको ओभरमा भारतले २० रन बनायो। पान्ड्याले ३ चौका र १ छक्का प्रहार गर्दै २९ बलमा अर्धशतक पनि पुरा गरे।

क्रिस जोर्डनले गरेको अन्तिम ओभरको पहिलो ३ बलमा भारतले रिशभ पन्तको विकेट गुमाउदा मात्र २ रन बनायो। त्यसपछि हार्दिक पान्ड्याले छक्का र चौका प्रहार गरे। अन्तिम बलमा पान्ड्या हिट विकेट भए। पान्ड्याले ३३ बलमा ६३ रन बनाए जुन क्रममा ४ चौका र ५ छक्का प्रहार गरे।

अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाएर ६८ रन बनायो।

इंग्ल्यान्ड बलर क्रिस जोर्डनले ३ विकेट ( ४-०-४३-३ ) लिए भने क्रिस वोक्स र अदिल राशिदले १/१ विकेट लिए। राशिदले ४ ओभरमा मात्र २० रन खर्चिए।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]