रुटको शानदार पारि, इंग्ल्यान्डलाई २७ रनको अग्रता

कप्तान जो रुटले उत्कृस्ट ब्याटिंग गर्दा भारत बिरुद्ध दोश्रो टेस्टमा इंग्ल्यान्डले पहिलो इनिंग्समा २७ रनको अग्रता हाँसिल गरेको छ। दिनको सुरुवात ११९/३ को अवस्थाबाट गरेको इंग्ल्यान्डले तेश्रो दिन समाप्तिमा थप ७ विकेट गुमाउदा ३९१ रनको योगफल बनाउन सक्यो। भारतले चौथो दिन दोश्रो इनिंग्सको ब्याटिंग सुरु गर्नेछ।

इंग्ल्यान्डको लागि कप्तान जो रुटले करियरको २२ औं टेस्ट शतक बनाउने क्रममा अविजित रहँदै १८० रन बनाए जुन क्रममा उनले ३२१ बलमा १८ चौका प्रहार गरे। रुट इंग्ल्यान्डको लागि ९ हजार रन पुरा गर्ने दोश्रो ब्याट्सम्यान पनि बनेका छन्। रुट भन्दा बढी इंग्ल्यान्डको लागि एलेस्टर कुकले १२,४७२ रन बनाएका छन्।

रुटले चौथो विकेटको लागि जोनी बेयरस्टोसंग १११ रनको, पाँचौ विकेटको लागि जोस बटलरसंग ५४ रनको तथा छैठौं विकेटको लागि मोईन अलिसंग ५८ रनको साझेदारी गरे। बेयरस्टोले ५७ रन, मोईन अलिले २७ रन तथा जोस बटलरले २३ रन योगदान दिए।

३४१ रनमा ५ विकेट गुमाएको अवस्थामा इशान्त शर्माले लगातार बलमा मोईन अलि र स्याम करनको विकेट लिंदै भारतलाई खेलमा फर्काएका थिए। अर्को किनारमा विकेट गुमेता पनि रुटले एक किनार सम्हालीरहे र अन्तिसम्म ब्याटिंग गरे। दशौँ विकेटको लागि रुट र एण्डरसनले २० रनको साझेदारी गर्दै अग्रता बढाए।

भारतको बलिंगमा मोहम्मद सिराजले ४ विकेट ( २०-७-९४-४ ) लिए भने इशान्त शर्माले ३ ( २४-४-६९-३ ) तथा मोहम्मद शामीले २ विकेट ( २६-३-९५-२ ) लिए। जस्परित बुम्राह ( २६-६-७९-० ) र रभीन्द्र जडेजा  २२-१-४३-० ) विकेटविहिन रहे।

खेलमा टस हरेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा ३६४ रन बनाएको थियो। भारतको लागि केएल राहुलले सर्वाधिक १२९ रन तथा रोहित शर्माले ८३ रन बनाएका थिए। इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसनले ५ विकेट लिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy