बेयरस्टोको शतक र शामीको ५ विकेट, इंग्ल्याण्डद्वारा भारतलाई चुनौतीपूर्ण लक्ष्य

विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्डको लागि सेमीफाइनल प्रवेश गर्न महत्वपूर्ण खेलमा भारत र इंग्ल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।

एजब्यासटन मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले भारतलाई ३३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

उत्कृस्ट सुरुवात गर्ने क्रममा इंग्ल्याण्ड ओपनर जेसन रोय र जोन्नी बेयरस्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरे। २३ औं ओभरमा रोयलाई कुलदिप यादबले पेभेलियन फर्काए जस अघि उनले ५७ बलमा ७ चौका र २ छक्का मदतले ६६ रन बनाए।

त्यसपछि बेयरस्टो र जोय रुटले दोश्रो विकेटकको लागि ४५ रनको साझेदारी गरे।

१११ रन बनाएका बेयरस्टोलाई ३२ औं ओभरमा मोहम्मद शामीले क्याच आउट गराए। १९९ बलमा १० चौका र ६ छक्का प्रहार गरेका बेयरस्टोले यस अघि अफगानिस्तान र बंगलादेश बिरुद्ध अर्धशत बनाएका थिए।

कप्तान मोर्गनलाई पनि शामीले मात्र १ रन मा आउट गरेपछि रुट र बेन स्टोक्सले चौथो विकेटको लागि ७० रन जोडे। रुट ४५ औं ओभरमा ४४ रन ( ५४ बलमा २ चौका ) बनाएर आउट भए।

त्यसपछि स्टोक्स र जोस बटलरले तल्लो क्रममा आक्रामक ब्याटिंग गर्दै इंग्ल्याण्डको योगफल ३०० पार गराए। ८ बलमा १ चौका र २ छक्का मदतले २० रन प्रहार गरे पछि शामीले बटलरलाई आफैद्वारा क्याच आउट गराए।

इंग्ल्याण्डले पुरै ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३३७ रनको योगफल तयार गर्यो।

त्यसपछि पनि स्टोक्सले आक्रामक इनिंग जारि राखे र अन्तिम ओभरमा बुम्राको बलमा क्याच आउट हुनु अघि उनले ५४ बलमा ६ चौका र ३ छक्का मदतले ७९ रन बनाए।

भारतको बलिंगमा मोहम्मद शामीले ५ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन गर्दै ६९ रन खर्चिए। ब्याटिंग विकेटमा उत्कृस्ट बलिंग गरेका जस्प्रित बुम्राले १ विकेट लिए पनि १० ओभरमा १ मेडन गर्दै ४४ रन खर्चिए। कुलदिप यादबले १ विकेट ( १०-०-७२-१ ) लिए भने युझभेन्द्र चाहल ( १०-०-८८-० ) र हार्दिक पान्ड्या ( १०-०-६०-० ) विकेटविहिन रहे।

एकदिवसीय अन्तर्राष्ट्रियमा शामीले ५ विकेट लिएको यो पहिलो पटक हो। शामीले यस अघि वेस्टइन्डिज र अफगानिस्तानसंगको खेलमा पनि ४/४ विकेट लिएका थिए।

प्रतियोगिताको अंक तालिकामा इंग्ल्याण्ड ७ खेलमा ४ जित र ३ हार सहित ८ अंक बटुल्दै पाँचौ स्थानमा रहेको छ। चौथो स्थानमा पाकिस्तान ८ खेलमा समान जित-हार र १ नतिजाविहिन अंक सहित ९ अंक बटुल्दै रहेको छ।

भारत भने ६ खेलमा ५ जित र १ नतिजा विहिन अंक सहित ११ अंक बटुल्दै अंकतालिकामा दोश्रो स्थानमा रहेको छ। भारतले आज इंग्ल्याण्डलाई पराजित गरे सेमीफाइनलमा २ खेल अगावै स्थान सुरक्षित गर्नेछ।

इंग्ल्याण्ड सेमीफाइनल छनौट हुन के हुनुपर्छ 

इंग्ल्याण्ड : यदी इंग्ल्याण्डले आज भारतसंग र बुधबार न्युजिल्याण्डसंग २ जित दर्ता गरे सेमीफाइनल प्रवेश गर्नेछ।

यदी २ वटा खेलमा १ मात्र जित हाँसिल गरेको खण्डमा बंगलादेशलाई भारतले तथा बंगलादेशले पाकिस्तानलाई पराजित गर्नुपर्नेछ। यसो भएमा इंग्ल्याण्डको १० अंक रहनेछ भने पाकिस्तान र बंगलादेशको ९ अंक मात्र हुनेछ। श्रीलंकाले बाँकी खेलमा वेस्ट इन्डिज र भारतलाई पराजित गरेमा उसको १० अंक हुनेछ जुन पनि श्रीलंकाको लागि पर्याप्त हुने छैन। ( श्रीलंकाको ४ र इंग्ल्याण्डको ५ जित हुनेछ )

इंग्ल्याण्डको मात्र ८ अंक भए पनि गणितीय रुपमा सेमीफाइनल पुग्ने सम्भावना छ। भारत र न्युजिल्याण्डसंग इंग्ल्याण्ड पराजित भए निम्न परिस्थितिमा इंग्ल्याण्ड अघि बढ्न सक्छ –

– श्रीलंका बाँकी २ मध्ये कम्तिमा एक खेलमा हार बेहोर्नु पर्नेछ र ८ अंकमा अन्त्य गर्नुपर्नेछ

– पाकिस्तान र बंगलादेश बीचको खेल केहि कारणले अबरुद्ध हुनु पर्नेछ र दुवै टिमले बाँकी खेल हार्नु पर्नेछ। त्यसो भए पाकिस्तान, इंग्ल्याण्ड र बंगलादेशको ८ अंक हुनेछ र इंग्ल्याण्ड धेरै जितको आधारमा सेमीफाइनल प्रवेश गर्नेछ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]