भारत र इंग्ल्यान्ड बीच पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंग्समा भारतले भारतले ८४.५ ओभरमा २७८ रनमा सम्पूर्ण विकेट गुमाएको छ। पहिलो इनिंग्समा भारतले ९५ रनको अग्रता हाँसिल गरेको छ।
तेश्रो दिनको सुरुवात १२५/४ बाट गरेको भारतले योगफलमा थप १५३ रन जोड्न सक्यो जसमा भारतीय तल्लो क्रमको योगदान महत्वपूर्ण रह्यो।
दिनको सुरुवातमा ७ रनमा अविजित रहेका रिशभ पन्तलाई २५ रनको स्कोरमा ओली रोबिन्सनले क्याच आउट गराए। त्यसपछि केएल राहुलले छैठौं विकेटको लागि रभिन्द्र जडेजासंग ६० रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। ८४ रन बनाएका राहुललाई जेम्स एण्डरसनले विकेटकिपर जोस बटलरबाट क्याच आउट गराए। राहुलले २१४ बलमा १२ चौका प्रहार गरे।
The moment Robbo took his first five-wicket haul in Test cricket 👏
Safe hands @StuartBroad8!
Scorecard & Clips: https://t.co/nz2HQN3H2X #ENGvIND pic.twitter.com/ESuR46rVoK
— England Cricket (@englandcricket) August 6, 2021
राहुलको विकेट पछि आक्रामक ब्याटिंग गर्दै जडेजाले अर्धशतक पुरा गरे। ८६ बलमा ८ चौका र १ छक्का मद्दतले ५६ रन बनाएका जडेजालाई रोबिन्सने क्याच आउट गराए। त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानहरुले महत्वपूर्ण योगदान दिंदा अग्रता थप बढाउन सक्यो। तल्लो क्रममा मोहम्मद शामीले १३ रन, जस्प्रित बुम्राहले २८ रन तथा मोहम्मद सिराजले अविजित ७ रन योगदान दिए। आठौँ विकेट २३२ रनमा गुमाएको भारतले थप २ विकेट गुमाउदा योगफलमा थप ४६ रन थप्यो।
इंग्ल्यान्डको बलिंगमा ओली रोबिन्सनले करियरकै उत्कृस्ट स्पेल तथा पहिलो पटक ५ विकेट लिंदा सर्वाधिक २६.५ ओभरमा ६ मेडन ओभर गर्दै ८५ रन खर्चंदै ५ विकेट लिए। यस्तै जेम्स एण्डरसनले ४ विकेट ( २३-८-५४-४ ) विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंग्समा १८३ रन बनाएको थियो। उसको लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाएका थिए। भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट, मोहम्माद शामीले ३ विकेट, शार्दुल ठाकुरले २ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए।
