आर्चर चम्किदा भारतको सामान्य योगफल

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा सुरु भएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाउदै इंग्ल्यान्डलाई १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतको सुरुवात निकै खराब रह्यो। पहिलो ओभरमा १ रन मात्र ओपनर केएल राहुललाई जोफ्रा आर्चरले बोल्ड गरे। तेश्रो ओभरमा  खाता नखोल्दै कप्तान बिराट कोहलीलाई आदील रशिदले क्याच आउट गराए। पाँचौ ओभरमा अर्का ओपनर शिखर धवन व्यक्तिगत ४ रन बनाएर मार्क वुडबाट बोल्ड भए।

२० रनको योगफलमा ३ विकेट गुमाएपछि श्रेयस ऐयरले एक किनार सम्हाले। २८ रनको साझेदारी गरेपछि रिशभ पन्तलाई बेन स्टोक्सले क्याच आउट गराए। पन्तले २३ बलमा २ चौका र १ छक्का मद्दतले २१ रन बनाए।

श्रेयस ऐयरले अर्धशतक बनाए

पन्तको विकेटपछि ऐयरले हार्दिक पान्ड्यासंग ५४ रनको साझेदारी गरे। १८ औं ओभरमा पान्ड्या र शार्दुल ठाकुरलाई लगत्तै बलमा आर्चरले क्याच आउट गराए। पान्ड्याले २१ बलमा १ चौका र १ छक्का मद्दतले १९ रन बनाए भने ठाकुरले खाता खोल्न सकेनन्। १८ औं ओभरमा आर्चरले मात्र ३ रन खर्चेर २ विकेट लिए।

भारतले इनिंग्सको अन्तिममा पनि आक्रामक ब्याटिंग गर्न सकेन। २० औं ओभरमा ६७ रन बनाएर श्रेयस ऐयरलाई क्रिस जोर्डनले क्याच आउट गराए। उनले ४८ बलमा ८ चौका र १ छक्का हिर्काए। अक्षर पटेलले अविजित ७ तथा वासिंगटन सुन्दरले अविजित ३ रन बनाए।

इंग्ल्यान्डको बलिंगमा  जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २३ रन खर्चिए। आदील रशिद, मार्क वुड, बेन स्टोक्स र क्रिस जोर्डनले समान १ विकेट लिए।

दुई देश बीच यस अघि सम्पन्न टेस्ट सिरिज भारतले ३-१ ले आफ्नो पक्षमा पारेको थियो। टि-२० सिरिज पछि दुई देश बीच तिन वटा एकदिवसीयको सिरिज खेलिनेछ।

धेरैले पढेको 

अरीयो र पारस प्रेरित बागमतीद्वारा आर्मी पराजित, बिनोदको शतक खेर

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )

रोड सेफ्टी वर्ल्ड सिरिज : पिटरसनको आक्रामक ब्याटिंगमा इंग्ल्यान्डद्वारा भारत पराजित





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]