तेश्रो खेल ८ विकेटले जित्दै इंग्ल्यान्ड महिला क्रिकेट टिमले भ्रमण टोलि भारतीय महिला क्रिकेट टिम बिरुद्ध तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ।
काउन्टी ग्राउण्डमा गय राति सम्पन्न सम्पन्न खेलमा भारतले दिएको १५४ रनको लक्ष्य इंग्ल्यान्डले ८ बल बाँकी रहँदै भेटायो।
Effortless.
Scorecard & Videos: https://t.co/Q97j8GLh8Z#ENGvIND | @Danni_Wyatt pic.twitter.com/Vf3w6KUi73
— England Cricket (@englandcricket) July 14, 2021
इंग्ल्यान्डको ब्याटिंगमा ओपनर डेनिएल वाएट अविजित ८९ रन बनाईन् जुन क्रममा ५६ बलमा १२ चौका र १ छक्का प्रहार गरिन्। नातली स्किभरले ३६ बलमा ४ चौका मद्दतले ४२ रन बनाईन्। वाएट र स्किभरले दोश्रो विकेटको लागि ११२ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।
यस अघि टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १५३ रन बनाएको थियो।
भारतको लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ७० रन बनाईन् जसले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरिन्। कप्तान हर्मनप्रित कौरले ३६ तथा रिचा घोषले २० रन योगदान दिईन्। मन्धना र कौर बीच दोश्रो विकेटको लागि ६८ रनको साझेदारी भएको थियो।
Big wicket.
Scorecard & Videos: https://t.co/Q97j8GLh8Z#ENGvIND pic.twitter.com/V1qL5UpjmO
— England Cricket (@englandcricket) July 14, 2021
इंग्ल्यान्डको बलिंगमा सोफी इक्लेसटोनले सर्वाधिक ३ विकेट ( ४-०-३५-३ ) हात पारिन्। क्याथरिन ब्रन्टले २ तथा नताली स्किभरले १ विकेट लिईन्।
सिरिज अन्तर्गत पहिलो खेल इंग्ल्यान्डले १८ रनले तथा दोश्रो खेल भारतले ८ रनले जितेको थियो। यो संगै भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण सकिएको छ। भ्रमण अन्तर्गत एक मात्र टेस्ट बराबरीमा टुंगिएको थियो भने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज इंग्ल्यान्डले २-१ ले जित्न सफल रहेको थियो।
