#ENGvPAK ५ दिनमा मात्र १३४.३ ओभरको खेल सम्भव

इंग्ल्यान्ड र पाकिस्तान बीच जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत दोश्रो टेस्ट बराबरीमा सकिएको छ। वर्षाको कारण टेस्ट पांच दिननै प्रभावित रहेपछि दुवै टिमले एक/एक इनिंग मात्र ब्याटिंग गर्न पाए। १४ वर्षमा पाकिस्तान र इंग्ल्यान्ड बीचको खेल बराबरीमा टुंगिएको यो मात्र दोश्रो पटक हो।

दोश्रो खेल बराबरी भएसंगै पाकिस्तानको इंग्ल्यान्डमा २४ वर्ष पछि सिरिज जित्ने सम्भावना सकिएको छ। ११९६ पछि उसले इंग्ल्यान्डमा इंग्ल्यान्ड बिरुद्ध सिरिज जित्न सकेको छैन। १ टेस्ट बाँकी हुँदा सिरिजमा घरेलु टिम इंग्ल्यान्डको १-० को अग्रता कायमै रहेको छ। अब अन्तिम टेस्ट साउथह्याम्पटनमै अगस्ट २१ देखि सुरु हुनेछ।

खेलमा पाकिस्तानले टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा २३६ रन बनाएको थियो। पहिलो दिन ब्याटिंग सुरु गरेको पाकिस्तानको इनिंग लगातार वर्षाले प्रभावित हुँदा चौथो दिन सकिएको थियो। त्यसपछि पहिलो इनिंगमा ब्याटिंग गरेको इंग्ल्यान्डले ११० रनमा ४ विकेट गुमाउदा इंग्ल्यान्डले पारि समाप्तिको घोषणा गर्यो। त्यसपछि खेल भएन।

इंग्ल्यान्डको लागि ज्याक क्रलेले ५३ तथा डोमिनिक सिबलेले ३२ रन बनाए। पाकिस्तान फास्ट बलर मोहम्मद अब्बासले २ तथा शाहिन अफ्रिदी र यासिर शाहले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान चुनिए जसले ७२ रन बनाएका थिए।

५ दिनमा १३४.३ ओभरको खेल 

टेस्टमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो दिन ४५.४ ओभर ब्याटिंग गरेको थियो। पहिलो दिन १२६/५ को अवस्थामा रहेको पाकिस्तानले दोश्रो दिनको समाप्तिमा स्कोर २२३/९ रहेको थियो। त्यसपछि तेश्रो दिनको खेल पुरै वर्षाले प्रभावित रह्यो। चौथो दिन पाकिस्तानको इनिंग ९१.२ ओभरमा २३६ रनमा समेटियो। त्यसपछि इंग्ल्यान्डले ५ ओभर खेल्दा चौथो दिनको खेल सकियो। पाँचौ दिन पनि खेल वर्षाले ढिला सुरु भयो र ११०/४ को अवस्थामा इंग्ल्यान्डले पारि समाप्तिको घोषणा गर्यो।

१४ वर्षमा दोश्रो पटक बराबरी 

१४ वर्षको अन्तरालमा पाकिस्तान र इंग्ल्यान्ड बीच टेस्ट बराबरीमा टुंगिएको यो मात्र दोश्रो पटक हो। पछिल्लो पटक २०१५ मा खेलिएको एक टेस्ट बराबरी भएको थियो। उक्त टेस्ट युएईमा भएको थियो।

टेस्ट च्याम्पियनसिप अंकतालिका 

खेल बराबरी भएता पनि इंग्ल्यान्ड र पाकिस्तान दुवै टिमले टेस्ट च्याम्पियनसिप अंकतालिकामा १३.३ अंक पाएका छन्। तिन टेस्टको सिरिजमा बराबरी भएमा टिमले १३.३ अंक प्राप्त गर्ने गर्छ। २ टेस्टको सिरिजमा बराबरी भए २०, ४ टेस्टको सिरिजमा १० र ५ टेस्टको सिरिजमा ८ अंक बराबरी भएमा दुवै टिमले पाउने गर्छ।

अंकतालिकामा इंग्ल्यान्ड तेश्रो स्थानमा रहेको छ जसको २७९ अंक रहेको छ र अब अस्ट्रेलिया भन्दा १७ अंकले मात्र पछि रहेको छ। उसले चौथो सिरिज खेलीरहंदा ८ खेलमा जित र ४ खेलमा हार बेहोरेको छ भने २ वटा टेस्ट बराबरीमा टुंगिएको थियो।

अर्को तर्फ पाकिस्तान पाँचौ स्थानमा यथावत रहेको छ। छैठौं स्थानमा रहेको श्रीलंकाको ८० अंक रहंदा पाकिस्तान निकै अघि रहेको छ र चौथो स्थानमा रहेको न्युजिल्यान्ड ( १८० अंक ) संग दुरी चोत्यएको छ। १५३ अंक पुगेको पाकिस्तानले चौथो सिरीज खेलीरहेको छ जुन करमा २ वटा टेस्टमा जित, ३ वटामा हार र दुइ वटा बराबरी खेलेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/dhoni-fan-chacha-chicago-retire-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]