सकिब चम्किदा पाकिस्तानद्वारा इंग्ल्यान्डलाई सामान्य लक्ष्य

पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल कार्डिफमा सुरु भएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले कमजोर प्रदर्शन गर्दै ३५.२ ओभरमा १४१ रनमा सम्पूर्ण विकेट गुमाउदै इंग्ल्यान्डलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पाकिस्तानको लागि ओपनर फखर जमानले सर्वाधिक ४७ रन, शदाब खानले ३० रन, सोहेब मक्सुदले १९ रन, मोहम्मद रिजवानले १३ रन तथा शाहिन अफ्रिदीले १२ रन योगदान दिए।

पाकिस्तानले पहिलो ४ विकेट २६ रनको योगफलमा गुमाएको थियो। पहिलो ओभरमै सकिब मोहम्मदले इमाम उल हक र कप्तान बाबर आजमलाई खाता नखोल्दै पेभेलियन फर्काएका थिए। पाँचौ विकेटको लागि फखर जमानले सोहेब मक्सुदसंग ५३ रनको साझेदारी गरेका थिए जुन साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी बन्यो।

इंग्ल्यान्डको बलिंगमा दायाँ हाते पेसर सकिब महमुदले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै क्रेग ओभर्टन ( ६.२-०-२३-२ ) र म्याथु पार्किन्सन ( ७-०-२८-२ ) ले समान २ विकेट तथा लुइस ग्रेगोरिले १ विकेट ( ४-१-११-१ ) लिए।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]