सकिब चम्किदा पाकिस्तानद्वारा इंग्ल्यान्डलाई सामान्य लक्ष्य

२०७८ असार २४, बिहीबार २०:३५

पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल कार्डिफमा सुरु भएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले कमजोर प्रदर्शन गर्दै ३५.२ ओभरमा १४१ रनमा सम्पूर्ण विकेट गुमाउदै इंग्ल्यान्डलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पाकिस्तानको लागि ओपनर फखर जमानले सर्वाधिक ४७ रन, शदाब खानले ३० रन, सोहेब मक्सुदले १९ रन, मोहम्मद रिजवानले १३ रन तथा शाहिन अफ्रिदीले १२ रन योगदान दिए।

पाकिस्तानले पहिलो ४ विकेट २६ रनको योगफलमा गुमाएको थियो। पहिलो ओभरमै सकिब मोहम्मदले इमाम उल हक र कप्तान बाबर आजमलाई खाता नखोल्दै पेभेलियन फर्काएका थिए। पाँचौ विकेटको लागि फखर जमानले सोहेब मक्सुदसंग ५३ रनको साझेदारी गरेका थिए जुन साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी बन्यो।

इंग्ल्यान्डको बलिंगमा दायाँ हाते पेसर सकिब महमुदले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै क्रेग ओभर्टन ( ६.२-०-२३-२ ) र म्याथु पार्किन्सन ( ७-०-२८-२ ) ले समान २ विकेट तथा लुइस ग्रेगोरिले १ विकेट ( ४-१-११-१ ) लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy