ENGvPAK : ब्याटिंग नचल्दा पाकिस्तान सहजै पराजित, इंग्ल्यान्डलाई अग्रता

पहिलो खेलमा भ्रमण टोलि पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

कार्डिफ स्थित सोफिया गार्डेन्स मैदानमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १ विकेट गुमाएर २१.५ ओभरमै पुरा गर्यो।

डेब्यु गरेका ओपनर फिलिप साल्ट ७ रन बनाएर आउट भएपछि डेविड मलान र ज्याक क्रलेले दोश्रो विकेटको लागि १२० रनको साझेदारी गरे। मलानले ६९ बलमा ८ चौका मद्दतले ६८ रन तथा डेब्यु गरेका क्रलेले ५० बलमा ७ चौका मद्दतले ५८ रन बनाए। पाकिस्तानको लागि एक मात्र विकेट शाहिन अफ्रिदीले लिए।

सकिब मोहम्मद करियरकै उत्कृस्ट स्पेल दर्ता गरे

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले ३५.२ ओभरमा १४१ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

पाकिस्तानको लागि ओपनर फखर जमानले सर्वाधिक ४७ रन, शदाब खानले ३० रन, सोहेब मक्सुदले १९ रन, मोहम्मद रिजवानले १३ रन तथा शाहिन अफ्रिदीले १२ रन योगदान दिए।

पाकिस्तानले पहिलो ४ विकेट २६ रनको योगफलमा गुमाएको थियो। पहिलो ओभरमै सकिब महमुदले इमाम उल हक र कप्तान बाबर आजमलाई खाता नखोल्दै पेभेलियन फर्काएका थिए। पाँचौ विकेटको लागि फखर जमानले सोहेब मक्सुदसंग ५३ रनको साझेदारी गरेका थिए जुन साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी बन्यो।

इंग्ल्यान्डको बलिंगमा दायाँ हाते पेसर सकिब महमुदले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४२ रन खर्चिए। यस्तै क्रेग ओभर्टन ( ६.२-०-२३-२ ) र म्याथु पार्किन्सन ( ७-०-२८-२ ) ले समान २ विकेट तथा लुइस ग्रेगोरिले १ विकेट ( ४-१-११-१ ) लिए।

सिरिज अन्तर्गत दोश्रो खेल जुलाई १० तारिखमा तथा तेश्रो खेल जुलाई १३ तारिखमा सुरु हुनेछ। त्यसपछि जुलाई १६ तारिख देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy