ENGvPAK : दोश्रो इनिंगमा पाकिस्तानको ब्याटिंग चलेन, रोमान्चक मोडमा टेस्ट

इंग्ल्यान्ड र पाकिस्तान बीच ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

तेश्रो दिनको खेल सकिदा पाकिस्तानले दोश्रो इनिंगमा २४४ रनको अग्रता हाँसिल गरेको छ।

खेलमा टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा पाकिस्तानले ३२६ रन बनाएपछि घरेलु टिम इंग्ल्यान्डले पहिलो इनिंगमा २१९ रन मात्र बनाउन सकेको थियो। तेश्रो दिन ब्याटिंग सुरु गरेको पाकिस्तानले दिनको समाप्तिमा ८ विकेट गुमाएर १३७ रन बनाएको छ। क्रिजमा यासिर शाह १२ तथा मोहम्मद अब्बास खाता नखोली अविजित रहेका छन्।

मुस्किल बन्दै गएको पिचमा चौथो दिन इंग्ल्यान्डलाई ब्याटिंग गर्न कठिन हुने अनुमान गर्न सकिन्छ। तेश्रो दिन १४ विकेट खसेको विकेटमा चौथो दिन ब्याट्सम्यानहरुलाई पक्कै सहज हुने छैन। चौथो दिन सुरुवातमै बाँकी २ विकेट लिंदै बढीमा २५० भन्दा तल पाकिस्तानलाई रोक्दै मानसिक फाइदा लिने दाउमा इंग्ल्यान्ड हुनेछ भने पाकिस्तानले अग्रतालाई २५० कम्तिमा पार गर्दै सकभर बढी रन बनाउन चाहनेछ। अब पाकिस्तानले थप्ने प्रत्येक रनले इंग्ल्यान्डको मुस्किल बढाउनेछ।

चलेन पाकिस्तानको ब्याटिंग 

पहिलो इनिंगमा ३२६ रन बनाएको पाकिस्तानको दोश्रो इनिंगमा भने ब्याटिंग चलन सकेन। उसले सुरुवात देखि लगातार विकेट गुमाउन पुग्यो।

इनिंगको दोश्रो ओभरमा स्टुवार्ट ब्रडले पहिलो इनिंगमा १५६ रन बनाएका शान मसुदलाई पेभेलियन फर्काएपछि सुरु भएको पाकिस्तानको विकेट पतन रोकिएन। अबिद अलि २० रन, बाबर आजम ५ रन, कप्तान अजहर अलि १८ रन, असद शफिक २९ रन, मोहम्मद रिजवान २७ रन, शदाब खान १५ रन तथा शाहिन अफ्रिदी २ रन बनाएर आउट भए।

इंग्ल्यान्डको बलिंगमा स्टुवार्ट ब्रड ( ९-३-२३-२ ) , क्रिस वोक्स ( ५-१-११-२ ) र बेन स्टोक्स ( ४-१-११-२ ) ले समान २ विकेट तथा डोमिनिक बेसले १ विकेट लिएका छन्।


पाकिस्तान र इंग्ल्यान्डको पहिलो इनिंग 

पाकिस्तानले पहिलो इनिंगमा ३२६ रन बनाएको थियो जसको लागि ओपनर शान मसुदले करियरकै व्यक्तिगत सर्वाधिक रन बनाउने क्रममा १५६ रन बनाएका थिए। बाबर आजमले ६९ तथा शदाब खानले ४५ रन बनाए। इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चर र स्टुवार्ट ब्रडले समान ३ विकेट लिएका थिए।

इंग्ल्यान्डले पहिलो इनिंगमा २१९ रन मात्र बनाउन सकेको थियो र पाकिस्तानको पहिलो इनिंगको योगफल भन्दा १०७ रनले पछि परेको थियो। उसको लागि ओली पोपले सर्वाधिक ६२ तथा जोस बटलरले १९ रन बनाएका थिए। पाकिस्तानको बलिंगमा लेग स्पिनर यासिर शाहले सर्वाधिक ४ विकेट तथा मोहम्मद अब्बास र शदाव खानले समान २/२ विकेट लिएका थिए।

सन् १९९६ पछि पाकिस्तानले इंग्ल्यान्डमा कुनै पनि टेस्ट सिरिज जित्न सकेको छैन।

धेरैले पढीरहेको :- 

फ्लाइट छुट्दा फाबियन एलेनले सिपिएल टि-२० नै गुमाए

भारतले आगामी वर्ष टि-२० विश्वकप आयोजना गर्ने पक्का





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]