#ENGvPAK बटलर र क्रलेको रेकर्ड साझेदारीले पाकिस्तान दबाबमा

इंग्ल्यान्ड र पाकिस्तान बीच साउथह्याम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत तेश्रो टेस्टको दोश्रो दिनको खेल जारि रहेको छ। सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ। पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जित्दा दोश्रो टेस्ट बराबरीमा टुंगिएको थियो।

टेस्ट अन्तर्गत दोश्रो दिनको पहिलो सेसनको खेल सकिंदा इंग्ल्यान्डले ४ विकेट गुमाएर ३७३ रन बनाएको छ। पहिलो दिन ३३२/४ को अवस्थाबाट ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले पहिलो सेसनमा थप विकेट गुमाएन। वर्षाले प्रभावित भए पछि पहिलो सेसनमा १८ ओभरको खेल सम्भव भयो।

पहिलो दिन १७१ रनमा अविजित रहेका क्रले दोहोरो शतक नजिक पुग्ने क्रममा १८६ रनमा तथा ८७ रन बनाएका जोस बटलरले शतक पुरा गर्दै ११३ रन बनाएका छन्। क्रलेले ३१५ बलमा २२ चौका तथा बटलरले २१० बलमा १२ चौका र २ छक्का प्रहार गरेका छन्। ४७ औं टेस्ट खेलीरहेका बटलरको यो दोश्रो शतक हो।

क्रले र बटलरले पाँचौ विकेटको लागि २४६ रनको साझेदारी गरेका छन् जुन इंग्ल्यान्ड र पाकिस्तान बीचको टेस्टमा नयाँ किर्तिमान हो

पाकिस्तानको बलिंगमा यासिर शाह ( २८-३-१०७-२ ) ले २ तथा शाहिन अफ्रिदी ( २५-४-९१-१ ) र नसिम शाह ( १९-४-७२-१ ) ले १/१ विकेट लिएका छन्। मोहम्मद अब्बास ( ३०-८-६७-० ) र फवाद आलम ( ६-०-२५-० ) विकेटविहिन रहेका छन्।

यस अघि पहिलो दिन इंग्ल्यान्डले ४ विकेट गुमाउने क्रममा रोरी बर्न्स ६, डोमिनिक सिबले २२, जोए रुट २९ तथा ओली पोप ३ रन बनाएर आउट भएका थिए।

बटलर र क्रले बीच कीर्तिमानी साझेदारी 

पहिलो दिन १२७/४ को अवस्थाबाट क्रले र बटलरले २४६ रनको साझेदारी गरिसकेका छन्। यो साझेदारी पाकिस्तान र इंग्ल्यान्ड बीचको टेस्ट इतिहासकै पाँचौ विकेटको लागि सबैभन्दा धेरै रनको साझेदारी हो। सन् २०१० मा पल कलिंगउड र ओएन मोर्गनले २१९ रनको साझेदारी गरेका थिए जुन रेकर्ड दुईले तोडेका हुन्।

पाकिस्तान र इंग्ल्यान्ड बीच पाँचौ विकेटको लागि उत्कृस्ट साझेदारी 

२२२* ज्याक क्रले – जोस बटलर ( २०२० )

२१९ पल कलिंगउड र ओएन मोर्गन ( २०१० )

१९२  डी. कम्पटन र टि. बेली ( १९५४ )

१७६* माइक ग्याटिंग र इयान बोथम ( १९८७ )

इंग्ल्यान्डलाई १० वर्ष पछि सिरिज जित्ने मौका 

इंग्ल्यान्ड र पाकिस्तानले पछिल्लो १० वर्षमा ४ वटा टेस्ट सिरिज खेलेको छ। ४ वटै सिरिजमा पाकिस्तान पराजित भएको छैन। २०१० जुलाईमा इंग्ल्यान्डमा सम्पन्न टेस्ट सिरिजमा इंग्ल्यान्ड अन्तिम पटक ३-१ ले विजयी भएको थियो। त्यसपछिको १० वर्षको अन्तरालमा २०१२ र २०१५ मा युएईमा सम्पन्न सिरिज पाकिस्तानले जितेको थियो। त्यसपछि इंग्ल्यान्डमा खेलिएको २०१६ र २०१८ को टेस्ट सिरिज बराबरीमा टुंगिएको थियो। पाकिस्तानले इंग्ल्यान्डमा टेस्ट सिरिज भने १९९६ पछि जित्न सकेको छैन।

पछिल्लो ६ वर्ष इंग्ल्यान्डको घरेलु टेस्ट सिरिजको रेकर्ड उत्कृस्ट रहेको छ। उसले यो अवधिमा घरमा कुनै पनि टेस्ट सिरिज हारेको छैन। १२ वटा सिरिजमा इंग्ल्यान्डले ८ वटामा जित हात पार्दा ४ वटा बराबरी खेलेको छ। पछिल्लो पटक इंग्ल्यान्डलाई उसैको घरमा श्रीलंकाले २०१४ जुनमा १-० ले पराजित गरेको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

https://wicketnepal.com/white-sanyas-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]