इंग्ल्यान्डको विशाल योगफल पछि पाकिस्तानको कमजोर सुरुवात

पाकिस्तान र इंग्ल्यान्ड बीच साउथह्याम्पटनमा जारि तेश्रो टेस्टमा घरेलु टिम इंग्ल्यान्ड बलियो अवस्थामा रहेको छ। टेस्टको दोश्रो दिनको खेल समाप्तिमा पाकिस्तान पहिलो इनिंगमा ५५९ रनले पछि रहेको छ।

टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंगमा ५८३ रनमा इनिंग समाप्तिको घोषणा गरेको पाकिस्तानले दोश्रो दिन अन्तिम सत्रमा ब्याटिंग सुरु गर्दै २४ रन बनाउदा ३ विकेट गुमाइसकेको छ।

पाकिस्तानका ओपनर शान मसुद ४ रन, अबिद अलि १ रन तथा बाबर आजम ११ रन बनाएर आउट भएका छन्। सबै ३ विकेट जेम्स एन्डरसनले लिएका हुन्। क्रिजमा कप्तान अजहर अलि ४ रन बनाएर ब्याटिंग गरिरहेका छन्। एन्डरसनले ५.५ ओभरमा १ मेडन गर्दै १३ रन खर्चेका छन्।

क्रलेले २६७ रन बनाए

इंग्ल्यान्डको ब्याटिंग , क्रलेको विशाल इनिंग 

यस अघि तेश्रो सत्रमा इनिंग घोषणा गरेको इंग्ल्यान्डले १५४.४ ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर ५८३ रन बनाएको थियो।

करियरकै पहिलो शतक बनाएका ज्याक क्रलेले इंग्ल्यान्डको लागि सर्वाधिक २६७ रन बनाए। उनले ३९३ बलमा ३४ चौका र १ छक्का प्रहार गरे। यस्तै जोस बटलरले १५२ रन बनाए जुन क्रममा ३११ बलमा १३ चौका र २ छक्का प्रहार गरे। एक समय १२७ रनमा ४ विकेट गुमाएको घरेलु टिमलाई क्रले र बटलरले पाँचौ विकेटको लागि ३७१ रनको विशाल साझेदारी गरेका थिए। टेस्ट क्रिकेटमा इंग्ल्यान्डको यो पाँचौ विकेटको लागि अहिलेसम्मकै सर्वाधिक साझेदारी हो।

इनिंगको अन्त्यमा क्रिस वोक्सले ४०, डम बेसले अविजित २७ रन तथा स्टुवार्ट ब्रोडले १५ रन बनाए।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदी ( ३३.४-५-१२१-२ ) , यासिर शाह ( ३९-३-१७३-२ ) र फवाद आलम ( १२-०-४६-२ ) ले समान २/२ विकेट तथा नसिम शाह र असद शफिकले १/१ विकेट लिए।

सिरिज अन्तर्गत इंग्ल्यान्डले पहिलो टेस्ट ३ विकेटले जितेको थियो भने दोश्रो टेस्ट बराबरीमा टुंगिएको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/200-zak-new-record-wn20/

https://wicketnepal.com/cpl-t20-m7-zouks-win-wn20/

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/

https://wicketnepal.com/can-50-players-corona-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy