#ENGvPAK दोश्रो टेस्ट बराबरीतर्फ, चौथो दिन मात्र १०.२ ओभरको खेल सम्भव

भारत र इंग्ल्यान्ड बीच साउथह्याम्पटनमा जारि दोश्रो टेस्ट बराबरीतिर उन्मुख भएको छ। तेश्रो र चौथो दिनको अधिकांश खेल वर्षाले प्रभावित भएपछि टेस्ट नतिजाविहिन हुने पक्का जस्तो भएको हो। चौथो दिन १०.२ ओभरको खेल मात्र सम्भव हुन सक्यो।

तेश्रो दिनको समाप्तिमा २२३/९ को अवस्थाबाट ब्याटिंग गरेको पाकिस्तानले २३६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। एक किनार सम्हालीरहेका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई स्टुवार्ट ब्रोडले क्याच आउट गराएपछि पाकिस्तानको इनिंग समाप्त भएको थियो। रिजवानले ७२ रन बनाए जुन क्रममा १३९ बलमा ७ चौका प्रहार गरे।

चौथो दिन ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले ५ ओभर ब्याटिंग गर्दा वर्षाले खेल रोकिएपछि पुनः सुचारु हुन सकेन। इंग्ल्यान्डले ७ रन बनाउदा १ विकेट गुमाएको छ। शाहिन अफ्रिदीले पहिलो ओभरमा रोरी बर्न्सलाई खाता नखोल्दै क्याच आउट गराएका थिए। दिनको समाप्तिमा डोमिनिक सिबले २ तथा ज्याक क्रले ५ रन बनाएर ब्याटिंग गरिरहेका छन्। शाहिन अफ्रिदीले ३ ओभरमा १ मेडन ओभर गर्दै ५ रन खर्चदै १ विकेट नाम गरेका छन्।

टस जितेर ब्याटिंग गरेको पाकिस्तानको लागि यस अघि अबिद अलिले ६० तथा बाबर आजमले ४७ रनको योगदान दिएका थिए।

इंग्ल्यान्डको बलिंगमा स्टुवार्ट ब्रोडले सर्वाधिक ४ विकेट हात पारे। यस्तै जेम्स एण्डरसनले ३ विकेट तथा स्याम करन र क्रिस वोक्सले १/१ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जितेको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम टेस्ट अगस्ट २१ बाट साउथह्याम्पटनमै खेलिनेछ। टेस्ट सिरिज पछि दुवै देशले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछन्। अगस्ट २८,३० र सेप्टेम्बर १ मा म्यानचेस्टरमा सबै टि-२० खेल खेलिनेछन्।

पाकिस्तानसंगको सिरिज पछि इंग्ल्यान्डले अस्ट्रेलियासंग वानडे र टि-२० सिरिज खेल्नेछ।

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

https://wicketnepal.com/cpl-t20-top-03-spell-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy