#ENGvPAK दोश्रो टेस्ट बराबरीतर्फ, चौथो दिन मात्र १०.२ ओभरको खेल सम्भव

भारत र इंग्ल्यान्ड बीच साउथह्याम्पटनमा जारि दोश्रो टेस्ट बराबरीतिर उन्मुख भएको छ। तेश्रो र चौथो दिनको अधिकांश खेल वर्षाले प्रभावित भएपछि टेस्ट नतिजाविहिन हुने पक्का जस्तो भएको हो। चौथो दिन १०.२ ओभरको खेल मात्र सम्भव हुन सक्यो।

तेश्रो दिनको समाप्तिमा २२३/९ को अवस्थाबाट ब्याटिंग गरेको पाकिस्तानले २३६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। एक किनार सम्हालीरहेका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई स्टुवार्ट ब्रोडले क्याच आउट गराएपछि पाकिस्तानको इनिंग समाप्त भएको थियो। रिजवानले ७२ रन बनाए जुन क्रममा १३९ बलमा ७ चौका प्रहार गरे।

चौथो दिन ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले ५ ओभर ब्याटिंग गर्दा वर्षाले खेल रोकिएपछि पुनः सुचारु हुन सकेन। इंग्ल्यान्डले ७ रन बनाउदा १ विकेट गुमाएको छ। शाहिन अफ्रिदीले पहिलो ओभरमा रोरी बर्न्सलाई खाता नखोल्दै क्याच आउट गराएका थिए। दिनको समाप्तिमा डोमिनिक सिबले २ तथा ज्याक क्रले ५ रन बनाएर ब्याटिंग गरिरहेका छन्। शाहिन अफ्रिदीले ३ ओभरमा १ मेडन ओभर गर्दै ५ रन खर्चदै १ विकेट नाम गरेका छन्।

टस जितेर ब्याटिंग गरेको पाकिस्तानको लागि यस अघि अबिद अलिले ६० तथा बाबर आजमले ४७ रनको योगदान दिएका थिए।

इंग्ल्यान्डको बलिंगमा स्टुवार्ट ब्रोडले सर्वाधिक ४ विकेट हात पारे। यस्तै जेम्स एण्डरसनले ३ विकेट तथा स्याम करन र क्रिस वोक्सले १/१ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जितेको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम टेस्ट अगस्ट २१ बाट साउथह्याम्पटनमै खेलिनेछ। टेस्ट सिरिज पछि दुवै देशले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछन्। अगस्ट २८,३० र सेप्टेम्बर १ मा म्यानचेस्टरमा सबै टि-२० खेल खेलिनेछन्।

पाकिस्तानसंगको सिरिज पछि इंग्ल्यान्डले अस्ट्रेलियासंग वानडे र टि-२० सिरिज खेल्नेछ।

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

https://wicketnepal.com/cpl-t20-top-03-spell-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]