ENGvPAK : हार जोगाउन पाकिस्तानको संघर्ष

इंग्ल्यान्ड र पाकिस्तान बीच जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत सोमबार राति सम्पन्न चौथो दिनको खेल पछि फलो-अन गरिरहेको पाकिस्तान इंग्ल्यान्डको पहिलो इनिंगको योगफलबाट अझै २१० रन पछि रहेको छ।

अन्तिम दिनको खेल बाँकी रहंदा पाकिस्तानको ८ विकेट बाँकी रहेको छ भने इंग्ल्यान्डसंग अझै २१० रनको अग्रता रहेको हुँदा पाकिस्तान अब अन्तिम दिन हार जोगाउन संघर्ष गर्नेछ।

वर्षा र खराब प्रकाशले प्रभावित चौथो दिनको खेल समाप्तिमा पाकिस्तानले ५६ ओभर ब्याटिंग गर्दा २ विकेट गुमाएर १०० रन बनाएको छ। क्रिजमा कप्तान अजहर अलि २९ र तथा बाबर आजम ४ रन बनाएर ब्याटिंग गरिरहेका छन्। १८ रन बनाएका शान मसुदलाई स्टुवार्ट ब्रोडले तथा ४२ रन बनाएका अबिद अलिलाई जेम्स एन्डरसनले आउट गरे। अलिले १६२ बलमा २ चौका प्रहार गरेका थिए।

टेस्ट अन्तर्गत पहिलो इनिंगमा इंग्ल्यान्डले ५८३ रन बनाएर इनिंग समाप्तिको घोषणा गरेको थियो। उसको लागि ज्याक क्रलेले करियरकै पहिलो शतक बनाउने क्रममा २६७ रन बनाएका थिए। यस्तै जोस बटलरले १५२ रन बनाएका थिए।

पाकिस्तान पहिलो इनिंगमा २७३ रनमा आउट भएपछि इंग्ल्यान्डले फलो-अन दिएको थियो। पहिलो इनिंगमा पाकिस्तान कप्तान अजहर अलिले १४१ रन तथा मोहम्मद रिजवानले ५३ रन बनाए। जेम्स एन्डरसनले ५ विकेट लिएका थिए।

टेस्ट सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टिम ३ विकेटले विजयी भएको थियो भने दोश्रो टेस्ट बराबरीमा टुंगिएको थियो। इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध पछिल्लो १० वर्षमा टेस्ट सिरिज जित्न सकेको छैन। २०१० जुलाईमा इंग्ल्यान्डमा सम्पन्न टेस्ट सिरिजमा इंग्ल्यान्ड अन्तिम पटक ३-१ ले विजयी भएको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ashwin-mankad-controversy-free-ball-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/cpl-t20-mr-9th-10th-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/

https://wicketnepal.com/sandeep-n-rec-in-int-t20-leag-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy