ENG VS WI : रोमान्चक मोडमा टेस्ट

इंग्ल्यान्ड र वेस्टइन्डिज बीच रोजबल साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

टेस्टको चौथो दिन समाप्तिमा इंग्ल्यान्डले दोश्रो इनिंगको अग्रता १७० पुर्याएको छ।

पहिलो इनिंगमा इंग्ल्यान्डले २०४ रन मात्र बनाउन सकेको थियो जसपछि पहिलो इनिंगमा वेस्टइन्डिजले ३१८ रन बनाउदै ११४ रनको अग्रता लिएको थियो। ११४ रनले पछि पर्दै दोश्रो इनिंग ब्याटिंग गरेको इंग्ल्यान्डले चौथो दिन समाप्तिसम्म ८ विकेट गुमाएर २८४ रन बनाएको छ।

इंग्ल्यान्डको माथिल्लो क्रमको ब्याट्सम्यानहरुले राम्रो योगदान दिए। ज्याक क्रलेले सर्वाधिक ७६ ( १२७ बलमा ८ चौका ), डोमिनिक सिबलेले ५० रन ( १६४ बलमा ४ चौका ) बनाए भने कप्तान बेन स्टोक्सले ४६, रोरी बर्नले ४२, जोए डेनलिले २९ रन बनाए। जोफ्रा आर्चर ५ तथा मार्क उड १ रन बनाएर क्रिजमा रहेका छन्।


चौथो दिन चिया सत्रसम्म १६८/३ को अवस्थामा रहेको इंग्ल्यान्डलाई अझ बलियो अवस्थामा जान रोक्न वेस्टइन्डिजले तेश्रो सत्रमा उत्कृस्ट बलिंग गर्दै थप ५ विकेट लिएको थियो। अन्तिम सत्रको अधिकांश समय इंग्ल्यान्डले विकेट जोगाएता पनि अन्तिमको ५ ओभरमा वेस्टइन्डिजले उक्त ५ विकेट लिंदै खेलमा फर्केको थियो।

कप्तान बेन स्टोक्स र ज्याक क्रलेले चौथो विकेटको लागि ९८ रनको साझेदारी कप्तान जेसन होल्डरले तोडेपछि इंग्ल्यान्डको विकेट पटक सुरु भएको थियो।

वेस्टइन्डिजको बलिंगमा शानोन ग्याब्रीयलले सर्वाधिक ३ विकेट ( १८-३-६२-३ ) लिए। यस्तै रोस्टन चेज ( २५-६-७१-२ ) र अल्जारी जोसेफ ( १६-२-४०-२ ) ले समान २/२ विकेट तथा जेसन होल्डरले १ विकेट ( २०-८-४३-१ ) लिए। केमार रोच ( २२-८-५०-० ) विकेटविहिन रहे।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]