इंग्ल्यान्डद्वारा भारत सहजै पराजित

२०७८ असार १४, सोमबार ०८:०८

भ्रमण टोलि भारतलाई ८ विकेटले सहजै पराजित गर्दै इंग्ल्यान्ड महिला क्रिकेट टिमले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता पाएको छ।

ब्रिस्टोल स्थित काउन्टी ग्राउण्डमा सम्पन्न खेलमा भारतले दिएको २०२ रनको लक्ष्य घरेलु टोलिले ३४.५ ओभरमा मात्र २ विकेट गुमाएर पछ्यायो।

इंग्ल्यान्डको लागि ओपनर ट्यामी बिउमोन्टले अविजित ८७ रन तथा नताली स्किभरले अवीजित ७४ रन योगदान दिए। ओपनर लुरेन हिल १६ तथा कप्तान हिदर नाइट १८ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि बिउमोन्ट र स्किभरले ११९ रनको साझेदारी गर्दै जितसम्म डोर्याए। भारतको बलिंगमा झुलन गोस्वामी र एकता बिस्टले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा २०१ रन बनाएको थियो जुन क्रममा कप्तान मिथाली राजले सर्वाधिक ७२ रन, पुनम राउतले ३२ रन तथा दिप्ती शर्माले ३० रन योगदान दिए।

इंग्ल्यान्डको बलिंगमा सोफी इक्लेस्टोनले सर्वाधिक ३ विकेट ( १०-१-४०-३ ) , क्याथरिन ब्रन्ट र आन्या श्रबसोलले समान २ तथा केट क्रसले १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो एकदिवसीय जुन ३० तारिख तथा तेश्रो एकदिवसीय जुलाई ३ तारिखमा खेलिनेछ। त्यसपछि दुई देश बीच जुलाई ९ तारिख देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy