उत्कृस्ट कम्ब्याक गर्दै इंग्ल्यान्डले गर्यो सिरिज बराबरी

भ्रमण टोलि वेस्टइन्डिजलाई ११३ रनले पराजित गर्दै इंग्ल्यान्डले तिन टेस्टको सिरिज १-१ को बराबरी गरेको छ।पहिलो टेस्टमा वेस्टइन्डिज ४ विकेटले विजयी भएपछि दबाबमा घरेलु टिमले उत्कृस्ट कम्ब्याक गरेको हो। तेश्रो तथा निर्णायक टेस्ट जुलाई २४ देखि सुरु हुनेछ।

तेश्रो दिनको खेल वर्षाले अबरुद्ध भएता पनि चौथो र पाँचौ दिन वेस्टइन्डिजलाई लगातार दबाबमा राख्दै इंग्ल्यान्डले जित हाँसिल गर्यो।

टेस्टको पहिलो इनिंगमा इंग्ल्यान्डले ४६९/९ ( पारि घोषित ) रन बनाएको थियो। जवाफमा वेस्टइन्डिजले पहिलो इनिंगमा २८७ रन मात्रै बनाउन सक्यो। त्यसपछि दोश्रो इनिंग ब्याटिंग गरेको इंग्ल्यान्डले १२९/३ को योगफलमा पारि घोषित गर्दै वेस्टइन्डिजलाई ३१२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पाँचौ दिन लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले १९८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

वेस्टइन्डिजको लागि शामराह ब्रुक्सले ६२ , जर्माइन ब्ल्याकउडले ५५ तथा कप्तान जेसन होल्डरले ३५ रन बनाएता पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्।

३७ रनको योगफलमा ४ विकेट गुमाएको वेस्टइन्डिजलाई ब्रुक्स र ब्ल्याकवुडले पाँचौ विकेटको लागि १०० रनको साझेदारी गर्दै टेस्ट जोगाउने आशा देखाएका थिए।

इंग्ल्याण्डको बलिंगमा स्टुवार्ट ब्रडले ३ तथा क्रिस वोक्स, डोमिनिक बेस र बेन स्टोक्सले समान २/२ विकेट लिए। स्याम करनको नाममा १ विकेट रह्यो।

इंग्ल्यान्डको लागि टेस्टको पहिलो इनिंगमा डोमिनिक सिब्ले ( १२० रन ) र बेन स्टोक्स ( १७६ ) ले शतकीय पारि खेलेका थिए।

पहिलो इनिंगमा शतक तथा कुल ३ विकेट लिएका स्टोक्स खेलको प्लेयर अफ द म्याच घोषित भए।

म्याच समरी : England 469/9 decl. & 129/3 decl. (Ben Stokes 78*; Kemar Roach 2-37) lead West Indies 287 & 137/5 (Jermaine Blackwood 55, Shamarh Brooks 52*; Stuart Broad 3-25) by 174 runs.





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]