तेश्रो टेस्ट, दोश्रो दिन : वेस्टइन्डिज बिरुद्ध इंग्ल्यान्ड हावी

वेस्टइन्डिजको इंग्ल्यान्ड भ्रमण अन्तर्गत तेश्रो तथा निर्णायक टेस्टको दोश्रो दिन समाप्तिमा घरेलु टिम बलियो अवस्थामा पुगेको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट वेस्टइन्डिजले ४ विकेटले तथा दोश्रो टेस्ट इंग्ल्यान्डले ११३ रनले जितेको थियो।

दोश्रो दिन समाप्तिमा वेस्टइन्डिजले ६ विकेट गुमाएर १३७ रन बनाएको छ र इंग्ल्यान्डको पहिलो इनिंगको स्कोर भन्दा अझै २३२ रनले पछि रहेको छ।

टेस्टको पहिलो दिन टस हारेर ब्याटिंग गर्दै २५८/४ को अवस्थामा रहेको इंग्ल्यान्ड दोश्रो दिन ३६९ रनमा अलआउट हुन पुग्यो। पहिलो दिन समाप्तिमा अविजित ९१ रनमा रहेका ओली पोप सोहि स्कोरमा आउट हुन पुगे भने जोस बटलर ६७ रन बनाएर आउट भए। ओपनर रोरी बर्नसले ५७ रन बनाएका थिए।

तल्लो क्रममा ब्रडको आक्रामक ब्याटिंग 

इंग्ल्यान्डको लागि १० औं नम्बरमा ब्याटिंग गरेका स्टुवार्ट ब्रडले आक्रामक ब्याटिंग गर्दै ६२ रनको उत्कृस्ट इनिंग खेले। मात्र ४५ बलमा उनले ९ चौका र १ छक्का प्रहार गरे र टेस्ट करियरमा १३ औं अर्धशतक प्रहार गरे।


ब्रडको इनिंग मद्दतले एक समय २८०/८ को अवस्थाबाट इंग्ल्यान्ड ३६९ को ठुलो योगफलसम्म पुग्न सक्यो। ब्रडले नवौं विकेटको लागि डम बेससंग ७६ रनको साझेदारी गरे। बेसले अविजित १८ रन बनाए।

वेस्टइन्डिजको बलिंगमा केमार रोचले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ७२ रन खर्चिए। रोचले टेस्टमा आफ्नो २ सयौं विकेट समेत लिए।  श्यानोन ग्याब्रीयल र रोस्टन चेजले समान २ विकेट लिए। कप्तान जेसन होल्डरले १ विकेट लिंदा अफ स्पिनर रखिम कर्नवाल विकेट विहिन रहे।

ब्रडले आक्रामक अर्धशतक बनाए

वेस्टइन्डिज कमजोर अवस्थामा 

आफ्नो पहिलो इनिंग सुरु गर्ने क्रममा वेस्टइन्डिजले निकै कमजोर सुरुवात गर्यो जुन क्रममा पहिलो ५ विकेट ७३ रनमै गुमाउन पुग्यो। क्रेग ब्राथवेट १ , जोन क्याम्पवेल ३२, शाइ होप १७, शमराह ब्रुक्स ४ रन, रोस्टन चेज ९ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि जर्माइन ब्ल्याकवुड र कप्तान जेसन होल्डरले ३७ रनको साझेदारी गरेता पनि क्रिस वोक्सले २४ रन बनाएका ब्ल्याकवुडलाई पेभेलियन फर्काउदै साझेदारी तोडे।


सातौँ विकेटको लागि कप्तान होल्डर र विकेटकिपर ब्याट्सम्यान शेन डोरिचले अविजित २७ रनको साझेदारी गर्दै दिनको समाप्तिसम्म क्रिजमा रहेका छन्।

इंग्ल्यान्डको लागि जेम्स एण्डरसन र स्टुवार्ट ब्रडले समान २/२ विकेट तथा जोफ्रा आर्चर र क्रिस वोक्सले समान १/१ विकेट लिएका छन्।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]