रोमान्चक खेलमा इंग्ल्याण्डको जित, हारेपनि न्युजील्याण्ड फाइनलमा

  • विकेटनेपाल – ६ फाल्गुन. आईतवार

इंग्ल्याण्ड, अस्ट्रेलिया र न्युजील्याण्ड बीच जारि त्रिकोणात्मक टि-२० क्रिकेट शृंखलामा न्युजील्याण्ड फाइनल प्रवेश गरेको छ। आज भएको खेलमा इंग्ल्याण्ड बिरुद्द २ रनको हार बेहोरे पनि नेट रन रेटका आधारमा इंग्ल्याण्डभन्दा माथि रहँदै न्युजील्याण्डले फाइनलमा अस्ट्रेलियासंगको भेट पक्का गर्यो।

न्युजील्याण्डको ह्यामिल्टनमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको १९५ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको किवी टोलिले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन मात्र जोड्न सक्यो।

न्युजील्याण्डको चेजमा कोलिन मुन्रोले आक्रमक ब्याटिंग गर्दै किवी टोलिलाई उत्कृस्ट सुरुवात दिए। मात्र १८ बलमा अर्ध शतक बनाएका मुन्रोले जम्मा २१ बल खेल्दा ५७ रन जोडे।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्रोले प्रहार गरेको यो चौथो छिटो अर्ध-शतक समेत हो। यसअघि उनले नै श्रीलंका बिरुद्द सन् २०१६ मा १४ बलमा दोस्रो छिटो अर्ध-शतक बनाएका थिए।

पहिलो विकेटका लागि मुन्रोले मार्टिन गुप्टिल ( ६२ ) संग ७८ रनको साझेदारी गर्दा न्युजिल्याण्डले बिष्फोटक सुरुवात पायो। तर आदील रशिदको बलमा कोलिन मुन्रो आउट भएसंगै न्युजील्याण्डको रन रेटमा समेत गिरावट आयो र अन्त्यमा २ रनको झिनो अन्तरले खेल हार्न पुग्यो।

Martin Guptil

खेलको नतिजा २ रनको अन्तरले इंग्ल्याण्डको पक्षमा रहेपनि न्युजील्याण्डलाई फाइनलमा स्थान पक्का गर्नका लागि १७४ रनको आवश्यकता थियो। नेट रन रेटमा इंग्ल्याण्डलाई पछी छाड्न न्युजील्याण्डले १७५ रन जोड्न आवश्यक थियो र १७५ रन जोडेसंगै किवी टोलिले फाइनलमा अस्ट्रेलियासंगको भेट तय गर्यो।

इंग्ल्याण्डको बलिंग तर्फ टम कुर्रन, आदील रशिद, लियम डसन र दविड मलानले समान १-१ विकेट लिए।

यसअघि पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९४ रन जोडेको थियो। उसका ओएन मोर्गनले अविजित ८० रनको पारि खेलेका थिए। मात्र ४६ बल खेलेका म्यान अफ दि म्याच मोर्गनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए। यस्तै दविड मलानले मात्र ३६ बलमा ५३ रनको इनिंग खेलेका थिए।

न्युजील्याण्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट हात पार्दा, टिम साउदीले २ विकेट लिएका थिए। त्रिकोणात्मक शृंखलाको फाइनल खेल आगामी बुधवार न्युजिल्याण्ड र अस्ट्रेलियाका बीच हुने छ।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]