रुटलाई टि-२० मा बाहिर राख्दै अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्ड टिमको घोषणा

४ सेप्टेम्बरबाट अस्ट्रेलिया बिरुद्ध सुरु हुने टि-२० र वानडे सिरिजको लागि इंग्ल्यान्डले टिमको घोषणा गरेको छ। घोषित टिममा टेस्ट कप्तान जो रुटलाई वानडे टिममा स्थान दिंदा टि-२० मा भने बाहिर राखिएको छ। पितालाई ब्रेन क्यान्सर भएपछि पाकिस्तानसंगको टेस्ट सिरिज बिचैमा छोडेर न्युजिल्यान्ड गएका बेन स्टोक्सले टि-२० र वानडे दुवै टिममा स्थान पाएका छन्।

जोस बटलर, जोफ्रा आर्चर, स्याम करन, मार्क उड टि-२० र वानडे दुवै टिममा रहेका छन्। अभ्यासको क्रममा घाइते भएपछि पाकिस्तान बिरुद्ध टि-२० सिरिज गुमाएका ओपनिंग ब्याट्सम्यान जेसन रोय टि-२० टिममा बाहिर राखिएको छ तर एकदिवसीय सिरिजसम्म ठिक हुने सम्भावना रहेको टिमसंगै रहने बताईएको छ।

“इंग्ल्यान्डको क्रिकेट सिजनको अन्त्य अस्ट्रेलिया बिरुद्ध दुइ वटा उत्साहजनक सिरिजबाट हुनेछ। हामीले सबैभन्दा बलियो टिम छनौट गरेका छौँ। हामि आगामी टि-२० विश्वकपको लागि पनि टिम छनौट गर्नको लागि गहिराइमा तयारी गरिरहेका छौँ।”

पाकिस्तानसंगको टेस्ट सिरिज बिचैमा छोडेर न्युजिल्यान्ड गएका बेन स्टोक्सले टि-२० र वानडे दुवै टिममा स्थान पाएका छन्।

तिन वटा टि-२० सिरिज अन्तर्गत सबै खेल साउथह्याम्पटको एजेज बल मैदानमा खेलिनेछ। एकदिवसीय सिरिजको सबै तिन खेलको आयोजना म्यानचेस्टरको ओल्ड ट्रयाफोर्डमा खेलिनेछ। दुवै मैदानको नजिकै होटल रहेकोले कोरोना महामारीलाई मध्यनजर राखेर उक्त मैदान रोजिएको हो।

घोषित इंग्ल्यान्ड टिम :

टि-२० : ओएन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम बान्टन, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन , टम करन, जो डेनली, क्रिस जोर्डन, दविड मलान, आदिल रशिद, मार्क वुड

वानडे : ओएन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम बान्टन, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन , टम करन, आदील रशिद, जो रुट, क्रिस वोक्स, मार्क वुड

इंग्ल्यान्ड-अस्ट्रेलिया टि-२० र एकदिवसीय सिरिजको खेल तालिका 

पहिलो टि-२० : ४ सेप्टेम्बर ( साउथह्याम्पटन )

दोश्रो टि-२० : ६ सेप्टेम्बर ( साउथह्याम्पटन )

तेश्रो टि-२० : ८ सेप्टेम्बर ( साउथह्याम्पटन )

पहिलो वानडे : ११ सेप्टेम्बर ( म्यानचेस्टर )

दोश्रो वानडे : १३ सेप्टेम्बर ( म्यानचेस्टर )

तेश्रो वानडे : १६ सेप्टेम्बर ( म्यानचेस्टर )

२१ सदस्यीय अस्ट्रेलिया टिम : आरोन फिन्च ( कप्तान ) , सिन एबोट, एस्टन एगर, एलेक्स केरे, प्याट कमिन्स ( उपकप्तान ) , जोश हेजलवुड, मार्कस ल्याबुसेन, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, राइले मेरडीथ, जोश फिलिपे, ड्यानियल स्याम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रु टाई, म्याथु वेड, डेभिड वार्नर, एडम जम्पा

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ganguly-about-ipl-viewership-wn20/

https://wicketnepal.com/suresh-raina-ipl-csk-n-srini-wn20/

https://wicketnepal.com/babar-kohli-t20-avrg-wn20/

https://wicketnepal.com/3-player-who-plyed-for-csk-rcb-wn20/

https://wicketnepal.com/puran-3rd-fast-100-wn20/

https://wicketnepal.com/eng-vs-pak-2nd-t20i-rep-wn20/

https://wicketnepal.com/stokes-father-brain-cancer-wn20/





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]