ENGvIRE : इंग्ल्यान्डद्वारा १४ सदस्यीय टिमको घोषणा

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड ( इसीबि ) ले आयरल्याण्डसंग जुलाई ३० देखि खेलिने तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजको लागि १४ सदस्यीय टिमको घोषणा गरेको छ।

इंग्ल्यान्ड-आयरल्याण्ड सिरिज आईसीसीद्वारा नव घोषित विश्व कप सुपर लिगको हिस्सा हुनेछ भने लिगको सुरुवात पनि यही सिरिज बाट हुनेछ।  पढ्नुस :- आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो

ओएन मोर्गनले कप्तानी गर्ने इंग्ल्यान्ड टिमको उपकप्तान मोइन अलि रहेका छन्। इंग्ल्यान्डको पहिलो रोजाईका खेलाडीहरु जोस बटलर, जोफ्रा आर्चर, जोए रुट एकदिवसीय टिमको हिस्सा हुनेछैनन्। तिनजना खेलाडीहरु हाल वेस्टइन्डिज बिरुद्ध टेस्ट सिरिज खेलीरहेका छन्।

टिममा देब्रे हाते पेस बलर रिस टपलेले ४ वर्ष पछि कम्ब्याक गरेका छन्। अन्तिम पटक २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनि घाइते भएपछि कम्ब्याक गर्न सकेका थिएनन्। उनले २०१९ को घरेलु क्रिकेटमा ससेक्सको लागि खेल्दै ११ खेलमा १७ विकेट लिएका थिए। यस्तै एकदिवसीय विश्वकप गुमाएका डेभिड विलिले पनि कम्ब्याक गरेका छन्।

David Willey (left) and Reece Topley (right)

अन्तिम पटक अस्ट्रेलिया बिरुद्ध २०१८ मा खेलेका स्याम बिलिंग्स पनि टिममा फर्किएका छन्। उनले गत वर्ष न्युजिल्यान्ड बिरुद्ध टि-२० भने खेलेका थिए।

इसीबिले तिन जना अतिरिक्त खेलाडीको नाम पनि घोषणा गरेको छ। सिरिजको दौरान खेलाडीहरु कोरोना संक्रमित वा अन्य स्वास्थ्यम समस्या आएको खण्डमा तिन अतिरिक्त खेलाडीहरु रिचर्ड ग्लेसन, लुइस ग्रेगरी र लियाम लिभिंगस्टोनले प्रतिस्थापन गर्नेछन्।

यस्तो छ १४ सदस्यीय टिम :-

ओएन मोर्गन ( कप्तान ) , मोइन अलि, जोनी बेयरस्टो, टम बान्टन, स्याम बिलिंग्स, टम कुरान, लियाम डसन, जोए डेनलि, सकिब मोहम्मद, आदील राशिद, जेसन रोय, रिस टपले, जेम्स भिन्स, डेभिड विलि , अतिरिक्त :- रिचर्ड ग्लेसन, लुइस ग्रेगरी र लियाम लिभिंगस्टोन


सिरिजको खेल तालिका 

तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल जुलाई ३० ( बिहिबार ) खेलिनेछ। दोश्रो खेल अगस्ट १ ( शनिवार ) तथा तेश्रो खेल अगस्ट ४ ( मंगलबार ) खेलिनेछ। सबै खेल साउथाम्पटनको द रोज बल स्टेडियममा खेलिनेछ।

धेरैले पढेको :-

सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

– ऐतिहासिक किर्तिमानबाट ब्रड मात्र १ विकेट टाढा

– क्यान कार्यसम्पादन कमिटिको बैठक सम्पन्न, के-के भए निर्णयहरु





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]