टेस्ट सिरिजमा ३-० ले इंग्ल्याण्डको क्लिन स्विप

Celebration
  • विकेटनेपाल, मङ्सिर १० 

तेश्रो तथा अन्तिम टेस्टमा श्रीलंकालाई ४२ रनले पराजित गर्दै इंग्ल्याण्डले टेस्ट सिरिज ३-० ले क्लिन स्विप गरेको छ।

टेस्टको चौथो दिन इंग्ल्याण्ड स्पिनर मोइन अलि र ज्याक लिचले समान ४/४  विकेट हात पारे पछि श्रीलंकाको टेस्ट  बचाउने प्रयास असफल हुन पुग्यो। यस अघि पहिलो टेस्टमा २११ रनले तथा दोश्रोमा ५७ रनले श्रीलंका पराजित भएको थियो।

टेस्टको पहिलो इनिंगमा इंग्ल्याण्डले ३३६ रन बनाए पछि ब्याटिंग गरेको श्रीलंकाले २४० रनमै सम्पूर्ण विकेट गुमाएको थियो। पहिलो इनिंगमा ९६ रनको अग्रता लिएको इंग्ल्याण्डले दोश्रो इनिंगमा भने मात्र २३० रन मात्र बनाएपछि श्रीलंकाले ३२६ रनको लक्ष्य पाएको थियो।

England Cricket Team Celebrating Wicket
England Cricket Team Celebrating Wicket

चौथो दिनको खेलमा ३२७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८६.४ ओभर खेली आफ्नो सबै विकेट गुमाएर २८४ रन मात्र बनाउन सक्यो। ५२/५ को खराब स्थितिमा रहेको श्रीलंकालाइ रोशेन शिल्भा र कुशल मेन्डिजले १०२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए।

५७.४ ओभरमा कुशल मेन्डिज ८६ रन बनाएर रन आउट भएपछि भने अन्य ठुलो साझेदारी हुन नसक्दा अन्ततः श्रीलंका ४२ रनको हार बेहोर्न पुग्यो। श्रीलंकाका लागि रोशन शिल्भाले ६५ रन बनाए।

इंग्ल्याण्डका लागि मोइन अलि ( २६-३-९२-४ ) र ज्याक लिचले ( २८.४-४-७२-४ ) समान ४/४ विकेट लिंदा बेन स्टोक्सको नाममा १ विकेट रह्यो।

England Cricket Team with Trophy
England Cricket Team with Trophy

पहिलो इनिंगमा ११० रन बनाएका जोनी बेयरस्टो प्लेयर अफ द म्याच चुनिए। ६ इनिंग खेलेरे २७७ रन प्रहार गरेका बेन फोक्स प्लेयर अफ द सिरिज घोषित भए।

( फोटोहरु- इंग्ल्याण्ड क्रिकेट)





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]