अलिको स्पिनमा घुम्यो भारत, इंग्ल्याण्डले जित्यो सिरिज

  • विकेटनेपाल, भदौ १७ 

भारतलाई चौथो टेस्टमा ६० रनले पराजित गर्दै इंग्ल्याण्डले ५ टेस्टको सिरिज ३-१ ले जितेको छ। रोमान्चक बनेको टेस्टमा भारतलाई जितको लागि २४५ रनको आवस्यकता थियो। भारतले खराब सुरुवात गर्यो र पहिलो ३ विकेट २२ रनको योगफलमै गुमाउन पुग्यो।

शिखर धवन ( १७ ) , लोकेश राहुल ( ० ) र चेतेश्वर पुजारा ( ५ ) आउट भएपछि सहज हारतर्फ बढेको भारतलाई चौथो विकेटको लागि कप्तान बिराट कोहली र अजिंके रहानेले शतकीय साझेदारी गर्दै अघि बढाए। तर कोहलीलाई मोइन अलिले आउट गरेपछि भारतले लगातार विकेट गुमाउन थाल्यो। मोइन अलिले त्यसपछि अजिंके रहाने र रिशाभ पन्तको समेत विकेट लिएपछि टेस्ट जित्ने भारतको सपना चकनाचुर हुन पुग्यो। कोहली ५८ तथा रहने ५१ रन बनाएर आउट भए। रिशभ पन्तले १८ तथा रभीचन्द्रन आश्विनले २५ रन बनाए पनि उक्त इनिंग इन्ग्यांडको जितको प्रतिक्षा लम्ब्याउने काम मात्रै भयो।

मोइन अलिले ४ विकेट लिंदा भारतले १८४ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। यस्तै जेम्स एन्डरसन र बेन स्टोक्सले समान २/२ विकेट लिए।

टेस्टमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो इनिंगमा २४६ रन बनाएको थियो। त्यसपछि ब्याटिंग गरेको भारतले २७३ रन बनाउदा पहिलो इनिंगमा २७ रनको अग्रता लिएको थियो। दोश्रो इनिंगमा इंग्ल्याण्डले २७१ रनको योगफल बनाएपछि भारतलाई जितको लागि २४५ रन चाहिएको थियो।

टेस्ट समग्रमा :- 

इंग्ल्याण्ड पहिलो इनिंग : २४६  ( कुरान ७८, मोइन अलि ४० , बुम्रा ३ विकेट )
भारत पहिलो इनिंग : २७३ ( पुजार १३२, कोहली ४६ , अलि ५ विकेट )
इंग्ल्याण्ड दोश्रो इनिंग : २७१ ( जोस बटलर ६९, रुट ४८, कुरान ४६ , शमि ४ विकेट )
भारत दोश्रो इनिंग : १८४ ( कोहली ५८, रहाने ५१, अलि ४ विकेट )

टेस्ट सिरिजको नतिजा –  

पहिलो टेस्ट – इंग्ल्याण्ड ३१ रनले बिजयी
दोश्रो टेस्ट – इंग्ल्याण्ड इनिंग र १५९ रनले बिजयी
तेश्रो टेस्ट – भारत २०३ रनले बिजयी
चौथो टेस्ट – इंग्ल्याण्ड ६० रनले बिजयी
पाँचौ टेस्ट – सेप्टेम्बर ७ देखि

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy