रिसभ र राहुलको शतकले रोकिएन इंग्ल्याण्डको जित, ४-१ ले सिरिज कब्जा

  • विकेटनेपाल, भदौ २६ – मङ्गलबार 

भारतलाई ११८ रनले पराजित गर्दै इंग्ल्याण्डले ५ टेस्टको सिरिजमा भारतलाई ४-१ ले पराजित गरेको छ।

केंनिंगटन ओभल मैदान लन्डनमा जितको लागि ४६३ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा भारतलाई अन्तिम दिन ४०६ रन आवस्यक थियो। राम्रो ब्याटिंग प्रदर्शन गरेपनि भ्रमण टिमले ३४५ रनमा सबै विकेट गुमाउन पुग्यो र इंग्ल्याण्डले अर्को जित थप्यो।

भारतले सिरिज अन्तर्गत पहिलो टेस्ट ३१ रनले, दोश्रो टेस्ट इनिंग र १५९ रनले हारेको थियो। तेश्रो टेस्टमा २०३ रनको जित हात पारेपछि चौथोमा भने पुनः इंग्ल्याण्ड ६० रनले बिजयी भएको थियो। यस अघि सम्पन्न टि-२० शृंखला भारतले ( २-१ ) तथा एकदिवसीय शृंखला इंग्ल्याण्डले ( २-१ ) ले जितेको थियो।

कुकको शानदार अन्तिम टेस्ट 

यो संगै इंग्ल्याण्ड क्रिकेटर एलेस्टर कुकले आफ्नो टिम टेस्टमा जित सहितको विदाई पाएका छन् भने टेस्टमा शतक र अर्धशतक समेत प्रहार गर्दै अन्तिम टेस्टलाई शानदार बनाएका छन्। अन्तिम टेस्टमा कुकनै प्लेयर अफ द म्याच समेत घोषित भए।

खेल जीवनमा १६१ वटा टेस्ट खेल्ने क्रममा कुकले २९१ इनिंग ब्याटिंग गर्दै कुल १२,४७२ रन बनाए जुन क्रममा ३३ शतक र ५७ अर्धशतक प्रहार गरे। कुक टेस्टमा सबैभन्दा धेरै रन बनाउने देब्रे हाते ब्याट्सम्यान हुन् भने इंग्ल्याण्डको लागि टेस्टमा धेरै रन बनाउने ब्याट्सम्यान पनि रहेका छन्।

टेस्ट क्रिकेट इतिहासमा कुक धेरै रन बनाउने लिस्टमा पाँचौ स्थानमा रहेका छन्। पहिलो नम्बरमा सचिन तेन्दुलकर ( १५,९२१ ) , दोश्रो नम्बरमा रिकी पोंटिंग ( १३,३७८ ) , तेश्रो नम्बरमा ज्याक कालिस ( १३,२८९ ) तथा चौथो स्थानमा राहुल द्रविड ( १३,२८८ ) रहेका छन्। कुक पछि छैठौं स्थानमा कुमार संगाकारा ( १२,४०० ) तथा सातौँ स्थानमा ब्रायन लारा ( ११,९५३ ) रहेका छन्।

रिशभ र राहुलको उत्कृस्ट ब्याटिंगले रोक्न सकेन जित 

४६३ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा २ रनको योगफलमा ३ विकेट गुमाईसकेको अवस्थामा लज्जास्पद हारको खतरा थियो। तर ओपनर लोकेश राहुलले चौथो विकेटको लागि अजिंके रहानेसंग ११८ रनको तथा छैठौं विकेटको लागि रिशभ पन्तसंग २०४ रनको बिशाल साझेदारी गर्दै इंग्ल्याण्डको जित मुस्किल बनाएका थिए।

 

आदील रशिदको बलमा बोल्ड हुनु अघि राहुलले १४९ रन ( २२४ बल, २० चौका र १ छक्का ) बनाए भने पहिलो टेस्ट शतक बनाउने क्रममा रिशभले ११४ रन ( १४६ बल, १५ चौका र ४ छक्का ) बनाए। इंग्ल्याण्डको भुमिमा भारतीय विकेटकिपर ब्याट्सम्यानले प्रहार गरेको यो नै पहिलो टेस्ट शतक समेत हो।

राहुल र रिशभको साझेदारीले एक समय जिततर्फ अघि बढेको भारतलाई रोक्न आदील रशिदले दुवै ब्याट्सम्यानको विकेट लिंदै इंग्ल्याण्डलाई सहज बनाएका थिए। लेग स्पिनर राशिदले २ विकेट लिए भने जेम्स एण्डरसनले ३ तथा स्याम कुरानले २ विकेट लिए।

यस अघि 

टेस्टमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो इनिंगमा ३३२ रन बनाएको थियो जसपछि ब्याटिंग गरेको भारतले २९२ रन बनाएपछि ४० रनको अग्रता पाएको इंग्ल्याण्डले दोश्रो इनिंगमा शानदार ब्याटिंग गर्यो।

इंग्ल्याण्डको लागि अन्तिम टेस्ट खेलीरहेका ओपनर एलेस्टर कुकले १४६ तथा कप्तान जोए रुटले १२५ रनको इनिंग खेलेपछि इंग्ल्याण्डले ८ विकेट गुमाएर ४२३ रन बनाउदै इनिंग समाप्तिको घोषणा गरेको थियो।

टेस्ट करियरको ३३ औं शतक बनाएका कुकले २८६ बलमा १४ चौका तथा रुटले १४ औं शतक पुरा गर्दा १९० बलमा १२ चौका र १ छक्का प्रहार गरे। दुवैले तेश्रो विकेटको लागि २५९ रनको बिशाल साझेदारी गरे। पहिलो टेस्ट खेलीरहेका भारतीय बलर हनुमा बिहारी र रभिंद्र जडेजाले समान ३/३ तथा मोहम्मद शामीले २ विकेट हात पारे।

फोटोहरु ( आईसीसी )

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]