रोय र स्टोक्स ब्याटिंगमा चम्किदा पाकिस्तान ३ विकेटले पराजित, सिरिज इंग्ल्याण्डको पक्षमा

  • विकेटनेपाल, जेठ ४ – शनिबार

मे ३० तारिखदेखि इंग्ल्याण्डमा सुरु हुने विश्वकपको तयारि स्वरूप जारि इंग्ल्याण्ड र पाकिस्तान बिचको एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टिम इंग्ल्याण्डले ३ विकेटको जित निकालेको छ। यो संगै इंग्ल्याण्डले ५ खेलको सिरिजमा लगातार ३ जित निकाल्दै ३-० ले सिरिज जितेको छ। सिरिजको पहिलो खेल वर्षाले नतिजाविहिन रहेको थियो।

रोय र स्टोक्सको उत्कृस्ट इनिंग 

शुक्रबार राति ट्रेन्ट ब्रिजमा सम्पन्न खेलमा पाकिस्तानले जितको लागि दिएको ३४१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३ बल अगाडी ७ विकेट गुमाएर पुरा गर्यो।

इंग्ल्याण्डको लागि प्लेयर अफ द म्याच घोषित जेसन रोय र जेम्स भिन्सले १३.३ ओभरमा ९४ रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाए। भिन्स ४३ रन बनाएर आउट भएपछी रुटले रोयसँग १०७ रन जोडे।

Image

तर रुट ३६ रन र रोय एकदिवसीय क्रिकेटमा नवौं शतकको रुपमा ११४ रन बनाएर ५ बलको अन्तरालमा आउट भएपछी इंग्ल्याण्डको ब्याटिंग खस्केको थियो। त्यसपछि जोस बटलर र मोइन अलि खाता नखोली आउट हुँदा इंग्ल्याण्डले २१६ रनमा ५ विकेट गुमायो।

त्यसपछि जोए डिन्लेले १७ रन, टम करनले ३१ रन र आदिल रशिदले १२ रन बनाउँदै चौथो नम्बरमा आएका बेन स्टोक्सलाई साथ दिएपछि इंग्ल्याण्डले सिरिजमा कब्जा गर्यो। स्टोक्सले ६४ बलमा ५ चौका र ३ छक्का सहित अविजित ७१ रन बनाए।

Image

बलिंगतर्फ पाकिस्तानका इमाद वासिम (१०-०-६२-२) र मोहम्मद हुसैन (१०-०-८०-२) ले समान २/२ विकेट लिए।

बाबर अजामको शतक, जमान र हाफिजसँग साझेदारी

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको पाकिस्तानले बाबर अजामको ११५ रनको मद्दतमा ५० ओभरमा ७ विकेट गुमाएर ३४० रन बनायो। अजामले ११२ बलमा १३ चौका र १ छक्का हाने।

ओपनर इमाम उल हक ३ रनको व्यक्तिगत रनमा चोटग्रस्त भएपछी आएका बाबर अजामले फकर जमानसँग पहिलो विकेटको लागि २० ओभरमा ११६ रनको तथा दोश्रो विकेटको लागि मोहम्मद हाफिजसँग १०४ रनको साझेदारी गरे। जमानले ५७ रन र हाफिजले ५९ रन बनाए। आठौँ विकेटको रुपमा पुनः फर्केका इमामले थप ३ रन जोड्दै अविजित रहे।

Image

त्यसपछि आक्रामक ब्याटिंग गर्दै २६ बलमा ४१ रन बनाएका सोएब मल्लिक हिट विकेट हुँदा आसिफ अलि १७ रन, इमाद वासिम १२ रन र हसन अलि १ रन बनाएर आउट भए। कप्तान सरफराज अहमद २१ रनमा अविजित रहे।

बलिंगमा टम करनले १० ओभरमा ७५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै मार्क वुडको नाममा २ विकेट रह्यो।

Image

इंग्ल्याण्डका नियमित कप्तान इयान मोर्गानलाई अघिल्ला २ खेलको स्लो ओभर रेटको कारण यो खेलमा प्रतिन्बन्ध गरिएको थियो। उनको अनुपस्थितिमा जोस् बटलरले कप्तानको जिम्मेवारी पुरा गरे।

सिरिजमा अहिलेसम्मको नतिजा:

पहिलो एकदिवसीय: बर्षाले प्रभावित

दोश्रो एकदिवसीय: इंग्ल्याण्ड १२ रनले विजयी

तेस्रो एकदिवसीय: इंग्ल्याण्ड ६ विकेटले विजयी

चौथो एकदिवसीय: इंग्ल्याण्ड ३ विकेटले विजयी

पाचौं एकदिवसीय: आइतबार





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]