विश्वकपको लागि इङ्गल्याण्डको टिममा ३ परिवर्तन, जोफ्रा आर्चरको इन्ट्री

  • विकेटनेपाल, जेठ ७ – मंगलबार

सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकप सुरु हुनमात्र केहि दिन बाँकी रहँदा सहभागी १० राष्ट्रले आफ्नो अन्तिम नामावली सार्वजनिक गर्ने क्रम जारि रहेको छ।

यसैक्रममा केहि समय अगाडी प्रारम्भिक १५ सदस्यीय टिमको घोषणा गरेको आयोजक राष्ट्र इङ्गल्याण्डले १५ सदस्यीय अन्तिम नामावली सार्वजनिक गरेको छ। अब टिममा खेलाडी परिवर्तन गर्नको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को बिशेष अनुमती लिनु पर्नेछ।

यसअघि १५ सदस्यीय टिममा रहेका ओपनर एलेक्स हेल्स, ब्याट्सम्यान तथा पार्ट टाइम लेग स्पिनर जोए डिन्ले र देब्रेहाते तिब्र गतिका बलर डेविड विल्लीले अन्तिम १५ सदस्यीय टिममा स्थान बनाउन सकेनन्।

विश्वकपको अन्तिम १५ मा नपरेका एलेक्स हेल्स, जोए डिन्ले र डेविड विल्ली (बायाँबाट क्रमश:)

एलेक्स हेल्सलाई लागु पदार्थ लिएको टेस्ट पोजेटिभ पाईएपछि यसअघि नै विश्वकपको टिमबाट हताइएको थियो। उनको स्थानमा अर्का ब्याट्सम्यान जेम्स भिन्सलाई मौका दिइएको छ। त्यसैगरि टिममा ब्याटिंग र बलिंगको रुपमा प्रयोग गर्नको लागि राखिएका जोए डिन्लेले भन्दा रोयल लन्डन एकदिवसीय क्रिकेटमा लियम डाउसनको प्रदर्शन राम्रो रहेपछि उनलाई बोलाएको छ। उनले स्लो लेफ्टआर्म स्पिन गर्ने गर्छन्।

जोफ्रा आर्चर

तेस्रो तथा रोमान्चक परिवर्तनको रुपमा जोफ्रा आर्चरले टिममा स्थान बनाएका छन्। प्रारम्भिक टिमको घोषणा हुँदा अन्तर्राष्ट्रिय क्रिकेटको समेत अनुभव नभएका आर्चर माथि टिमले उच्च प्रदर्शनको आशा गरेको छ। उनलाई डेविड विल्लीको स्थानमा राखिएको हो। आर्चरले विभिन्न देशका टि२० लिगहरुमा गरेको प्रदर्शनले सबैको मन जितेका छन्। उनको क्षमता भनेको डेथ ओभरमा कम इकोनोमीमा बलिंग गर्नु रहेको छ।

आर्चरले भर्खरै सम्पन्न आइपिएल क्रिकेटमा राजस्थान रोयल्सको लागि खेल्दै ११ खेलमा ११ विकेट लिएका छन्। त्यो भन्दा पनि महत्त्वपूर्ण डेथ ओभरमा बलिंग गर्ने गर्छन र इकोनोमी मात्र ६.७६ को रहेको थियो। त्यस्तै विश्वकपमा छनोट हुनको लागि अवसर बनेको पाकिस्तान बिरुद्दको सिरिजमा उनले २ खेल खेल्दै १४ ओभरमा ६६ रन खर्चेर २ विकेट लिए।

आयोजक इङ्गल्याण्डले प्रतियोगिताको उद्घाटन खेलमा मे ३० तारिखमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

Image

विश्वकपको लागि इङ्गल्याण्डको टिम: इयान मोर्गान (कप्तान), जेम्स भिन्स, मोईन अलि, जोन्नी बेयरिस्टो, जोस बटलर, टोम करन, लियम डाउसन,  लियाम प्लंकेट, आदील रशिद, जोए रुट, जेसन रोए, बेन स्टोक्स, जोफ्रा आर्चर, क्रिस वक्स, मार्क वुड

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy