क्लिन स्विप नजिक इंग्ल्याण्ड

  • विकेटनेपाल, मङ्सिर-९ – आइतबार 

श्रीलंकामा जारि श्रीलंका र इंग्ल्याण्ड बीचको तेश्रो टेस्टको तेश्रो दिनको खेल समाप्तीमा इंग्ल्याण्ड बलियो स्थितिमा पुगेको छ।

पहिलो इनिंगमा ३३६ रन बनाए पछि ब्याटिंग गरेको श्रीलंकाले २४० रनमै सम्पूर्ण विकेट गुमाएको थियो। पहिलो इनिंगमा ९६ रनको अग्रता लिएको इंग्ल्याण्डले दोश्रो इनिंगमा भने मात्र २३० रन मात्र बनाउन सक्यो र श्रीलंकालाई ३२६ रनको लक्ष्य दियो।

इंग्ल्याण्डको दोश्रो इनिंगमा जोश बट्लरले ६४ (७९ बल, ३ चौका), बेन स्टोक्सले ४४ तथा बेन फोकसले अविजित ३६ रन बनाए। घरेलु टिमका लागि दिल रुवान परेराले ५ विकेट हात पारे भने पुष्प कुमाराले ३ तथा सनडाकनले १ विकेट लिए।

Karunaratne Bowled by Moen Ali
Karunaratne Bowled by Moen Ali

३२६ रनको लक्ष्य बोकेर जवाफी ब्याटिंगमा उत्रेको श्रीलंकाले तेश्रो दिनको समाप्तिमा १७ ओभर खेलेर ४ विकेट गुमाउदै मात्र ५३ रन बनाएको छ र जितको लागि अझै २७४ रन बाँकी छ।

श्रीलंकाको लागि कुशल मेण्डिज र सनडाकनले क्रमश १५ र १ रन बनाउदै क्रिजमा छन्। श्रीलंकाले ४ विकेट गुमाउदा इंग्ल्याण्डका लागि मोइन अलिले २ तथा लिच लिच र स्टोक्सले समान १/१ विकेट हात पारे।

England Cricket Team

तिन टेस्टको शृंखला इंग्ल्याण्डले यस अघिनै २-० ले जितीसकेको छ। पहिलो टेस्टमा २११ रनले तथा दोश्रोमा ५७ रनले श्रीलंका पराजित भएको थियो।

( फोटोहरु- आईसीसी )





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]