इंग्ल्याण्डका यी खेलाडी चितवन टाइगर्सबाट इपिएल खेल्ने

  • विकेटनेपाल, मङ्सिर-१२ , बुधबार 

डिसेम्बर ८ ( मङ्सिर २२ ) देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० प्रतियोगिताको टिम चितवन टाइगर्सले आफ्नो दोस्रो बिदेशी खेलाडीको घोषणा गरेको छ।

इपिएलमा सहभागी टिमले १५ जना खेलाडीको टिममा ३ जना बिदेशी खेलाडी राख्नैपर्ने र ३ जनालाईनै अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ जस अनुसार टाइगर्सले पनि बिदेशी खेलाडीको घोषणा गरेको छ।

यस अघि बिभिन्न टिमह्हरुले बिदेशी खेलाडीहरुको घोषणा गरिसकेका छन् जसमा केभिन ओ ब्रायन (काठमाडौं किंग्स एघार), रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), पौल स्टर्लिंग (चितवन टाइगर्स), रायन टेन डोस्काटे ( नेदरल्याण्ड ) मोहम्मद नाबिद (भैरहवा ग्लाडीएटर्स), कायल कोट्जर (पोखरा राइनोज) सिकन्दर राजा (काठमाडौं किंग्स एघार), सन्नी पटेल ( ललितपुर प्याट्रीएट्स ) , गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स ), पल् कोग्लिन (चितवन टाइगर्स), रिचर्ड लेभी (पोखरा राइनोज) जस्ता नाम चलेका बिदेशी खेलाडीहरुले सहभागिता जनाउने पक्का भइसकेको छ।

इन्ग्लिश क्रिकेटर जोन सिम्प्सन टाइगर्समा आबद्ध 

इंग्ल्याण्डको उच्च घरेलु प्रतियोगिता काउन्टी क्रिकेटमा लंकाशयर र मिडलसेक्सबाट खेलीसकेका ३० बर्षिय जोन सिम्प्सनलाई दोस्रो खेलाडीको रुपमा चितवनले आबद्ध गरेको हो।

इंग्ल्याण्ड यु-१९ क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका सिम्प्सनले ९४ वटा मान्यता प्राप्त टी-२० तथा १४० वटा प्रथम श्रेणीमा प्रतिनिधित्व गरेका छन्।

John Simpson ( Pic – hackneygazette.co.uk )

देब्रे हाते सिम्प्सन विकेटकिपर ब्याट्सम्यानको भूमिकामा खेल्ने गर्छन् र भर्खरै सम्पन्न भाईटालिटि टि-२० ब्लास्टमा मिडलसेक्सको लागि खेलेका थिए। भाईटालिटि टि-२० मा उनको टिममा इंग्ल्याण्ड कप्तान ओएन मोर्गन, आयरल्याण्ड क्रिकेटर पल स्टरलिङ्ग, न्युजिल्याण्ड राष्ट्रिय क्रिकेटर जेम्स फ्र्यांकलिन जस्ता खेलाडीहरु थिए।

“गत सिजन हामीले चाहे जस्तो हुन सकेको थिएन। त्यसको आधार हामीले जोन सिम्प्सन जस्ता अनुभवी खेलाडीको आवस्यकत महसुश गरेका थियौं। उनको आगमनले टोलिलाई एउटा नयन जोश र लक्ष्यमा पुर्याउने बिश्वास हामीले लिएका छौँ” चितवन टाइगर्सका सहायक ब्यबस्थापक जसकरण भगतले बताएका छन्।

पछिल्लो बर्ष टाइगर्सको लागि खेलेका विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेललाई टिमले रिलिज गरेपछि अर्को विकेट किपर ब्याट्सम्यानको अभाव पूर्तिको रुपमा पनि सिम्प्सनको आगमनलाई हेरिएको छ। तथापी टिममा अर्का विकेट किपर ब्याट्सम्यान दिलिप नाथ पनि रहेका छन्। चितवनले रिलिज गरे पनि अन्य टिमले खकुरेललाई लिएको छैन।

भाईटालिटि टि-२० अन्तर्गत ससेक्स बिरुद्धको अन्तिम खेलमा सिम्प्सनले तेश्रो नम्बरमा ब्याटिंग गर्दै आक्रामक इनिंग खेल्ने क्रममा २९ बलमा ६ छक्का र ४ चौका प्रहार गरेका थिए। सिम्प्सनको इनिंग बाबजुत टिम भने पराजित भएको थियो। उक्त खेलमा ससेक्सको लागि इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटरहरु टाइमल मिल्स , ड्यानी ब्रिग्स, क्रिस जोर्डन तथा दक्षिण अफ्रिकी राष्ट्रिय खेलाडी डेभिड वेइसले बलिङ्ग गरेका थिए।

John Simpson

चितन टाइगर्स टिममा दिपेन्द्र ऐरि, पृथु बास्कोटा, दिलिप नाथ, सन्दिप सुनार, भिम सार्की, ललित सिंह भण्डारी, कमल सिंह ऐरि, शाहब आलम जस्ता खेलाडीहरु रहेका छन्। गत बर्ष टोलिबाट खेलेका सुनम गौतम र योगेन्द्र सिंह कार्कीलाई चितवनले रिलिज गरेको छ। सुबास, सुनम र योगेन्द्रको स्थानमा टिमले यु-१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका ३ खेलाडी आदील खान, इशान पाण्डे र सागर ढकाललाई लिएको छ।

टाइगर्सको अघिल्लो बर्ष दिपेन्द्र ऐरिले कप्तानी सम्हालेका थिए। कप्तान घोषणा गरिएका पृथु बास्कोटा प्रतियोगिताको ठिक अघि डेजाभु काण्डमा प्रहरी हिरासतमा परेपछि उनले प्रतियोगिता गुमाउदा दिपेन्द्र ऐरि कप्तानमा नियुक्त गरिएका थिए। यो बर्ष कसले कप्तानी गर्ने टाइगर्सले घोषणा गरेको छैन।

यी हुन् चितवनको लागि खेल्ने अर्का बिदेशी खेलाडी 

यस अघिनै चितवनले आयरल्याण्ड राष्ट्रिय टिमका बिष्फोटक ब्याट्सम्यान पौल स्टर्लिंगलाई बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो।

आयरल्याण्डको लागि ओपनिंग ब्याटिंग गर्ने स्टर्लिंगले कुल १०० एक दिवसीय अन्तर्राष्ट्रिय र ५२ टि-२० अन्तर्राष्ट्रिय को अनुभव बटुलेका छन्। बिष्फोटक ब्याटिंगका लागि चिनिने स्टर्लिंगको नाममा ३३४६ एक दिवसीय तथा ११८१ टि-२० अन्तर्राष्ट्रिय रन रहेको छ।

विश्वभरका बिभिन्न टि-२० लिगमा पौल स्टर्लिंग सहभागी हुँदै आएका छन्। युएईमा जारी टि-१० लिगमा सन्दिप लामिछानेसंगै केरेला नाइट्सको टोलीमा रहेका उनले इंग्ल्याण्डको काउन्टी टोलि मिडलसेक्सबाट टि-२० प्रतियोगिता खेल्ने गर्दछन्। स्टर्लिंगको नाममा १७४ टि-२० खेलमा १४२.८६ को आक्रामक स्ट्राइक रेटमा ४१९६ रन रहेको छ।

स्टर्लिंग सहभागी चितवन टाइगर्सले यसअघि इंग्ल्याण्डका पुर्व यू-१९ कप्तान म्याक्स होल्डेन र न्युजील्याण्डका जेम्स फुलरलाई आफ्ना दुई बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो। यद्यपी होल्डेन इंग्ल्याण्ड “ए” टोलीका छनौट भएका र फुलरले पारिवारिक कारण देखाउंदै प्रतियोगितामा सहभागी हुन नसक्ने बताएका छन्।

अन्तिम सिजनको एभरेष्ट प्रिमियर लिगमा भारतीय खेलाडीहरु साभेज खान, प्रविन गुप्ता र प्रमेश कुमारलाई बिदेशी खेलाडीको रुपमा लिएको चितवनले खराब प्रदर्शन गर्दै ५ खेलमा १ मात्र जित निकाल्न सकेको थियो।

एभरेष्ट प्रिमियर लिग मङ्सिर २२ गते देखि सुरु भइ पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) सम्म आयोजना हुनेछ।

प्रतियोगितामा अघिल्लो संस्करण जस्तै शिर्ष दुईमा पर्ने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् र बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै पराजित टोलीले भने दोस्रो क्वालिफायरमा लिग चरणको तेस्रो र चौथो टोलि बिचको एलिमिनेटर खेलको बिजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ।

लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]