भारतीय पेसरहरु हाबी हुँदा इंग्ल्याण्डको खराब सुरुवात,

२०७५ भाद्र १५, शुक्रबार १२:१८

  • विकेटनेपाल,भदौ १५ 

भारत र इंग्ल्याण्ड बीच इंग्ल्याण्डको रोज बल मैदानमा सुरु भएको चौथो टेस्टमा भारतले शानदार सुरुवात गरेको छ।  सिरिजमा २-१ ले अघि रहेको अवस्थामा चौथो टेस्टमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्याण्डले नसोचेको सुरुवात गरेको हो। भारतीय पेस बलरहरुले उत्कृस्ट बलिङ्ग गरेपछि घरेलु टिमले ७६.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३६ रन मात्रै बनाउन सक्यो।

अत्यन्त खराब सुरुवात गरेको इंग्ल्याण्डले पहिलो ६ विकेट ८६ रनको योगफलमै गुमाएको थियो जसपछि स्याम कुरान र मोईन अलिले सातौँ विकेटको लागि ९१ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए। अलि ४० रन बनाएर आउट भए पछि पनि कुरानले एउटा किनार सम्हालीरहे र नवौं विकेटको लागि स्टुवार्ट ब्रडसंग ६३ रनको साझेदारी गरे। ब्रड १७ रन बनाएर आउट भए पछि अन्तिम विकेटको रुपमा कुरान पनि आउट भए जसले १३६ बलमा ७८ रन बनाउन ८ चौका र १ छक्का प्रहार गरे।

फोटो – आईसीसी

यस अघि इंग्ल्याण्ड ब्याट्म्यान एलेस्टर कुक ( १७ ), केटन जेनिङ्ग्स ( ० ), जोए रुट ( ४ ), जोंनी बेयरस्टो ( ६ ) तथा बेन स्टोक्स ( २३ ) रन बनाएर आउट भएका थिए। भारतीय बलर जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट ( २०-५-४६-३ ) तथा इशान्त शर्मा, मोहम्मद शमि र रभीचन्द्रन आश्विनले समान २/२ विकेट हात पारे।

इंग्ल्याण्डको इनिंग समाप्ति पछि भारतले आफ्नो इनिंगको सुरुवात गर्नेक्रममा पहिलो दिन सकिंदा विकेट नगुमाई १९ रन बनाएको छ। शिखर धवन ३ र लोकेश राहुल ११ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्याण्डले ३१ रनले जितेको थियो भने दोश्रो टेस्ट इनिंग र १५९ रनले जितेको थियो। तेश्रो टेस्टमा कम्ब्याक गरेको कोहलीको टिमले २०३ रनक जित हात पारेको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy