भारतीय पेसरहरु हाबी हुँदा इंग्ल्याण्डको खराब सुरुवात,

  • विकेटनेपाल,भदौ १५ 

भारत र इंग्ल्याण्ड बीच इंग्ल्याण्डको रोज बल मैदानमा सुरु भएको चौथो टेस्टमा भारतले शानदार सुरुवात गरेको छ।  सिरिजमा २-१ ले अघि रहेको अवस्थामा चौथो टेस्टमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्याण्डले नसोचेको सुरुवात गरेको हो। भारतीय पेस बलरहरुले उत्कृस्ट बलिङ्ग गरेपछि घरेलु टिमले ७६.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३६ रन मात्रै बनाउन सक्यो।

अत्यन्त खराब सुरुवात गरेको इंग्ल्याण्डले पहिलो ६ विकेट ८६ रनको योगफलमै गुमाएको थियो जसपछि स्याम कुरान र मोईन अलिले सातौँ विकेटको लागि ९१ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए। अलि ४० रन बनाएर आउट भए पछि पनि कुरानले एउटा किनार सम्हालीरहे र नवौं विकेटको लागि स्टुवार्ट ब्रडसंग ६३ रनको साझेदारी गरे। ब्रड १७ रन बनाएर आउट भए पछि अन्तिम विकेटको रुपमा कुरान पनि आउट भए जसले १३६ बलमा ७८ रन बनाउन ८ चौका र १ छक्का प्रहार गरे।

फोटो – आईसीसी

यस अघि इंग्ल्याण्ड ब्याट्म्यान एलेस्टर कुक ( १७ ), केटन जेनिङ्ग्स ( ० ), जोए रुट ( ४ ), जोंनी बेयरस्टो ( ६ ) तथा बेन स्टोक्स ( २३ ) रन बनाएर आउट भएका थिए। भारतीय बलर जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट ( २०-५-४६-३ ) तथा इशान्त शर्मा, मोहम्मद शमि र रभीचन्द्रन आश्विनले समान २/२ विकेट हात पारे।

इंग्ल्याण्डको इनिंग समाप्ति पछि भारतले आफ्नो इनिंगको सुरुवात गर्नेक्रममा पहिलो दिन सकिंदा विकेट नगुमाई १९ रन बनाएको छ। शिखर धवन ३ र लोकेश राहुल ११ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्याण्डले ३१ रनले जितेको थियो भने दोश्रो टेस्ट इनिंग र १५९ रनले जितेको थियो। तेश्रो टेस्टमा कम्ब्याक गरेको कोहलीको टिमले २०३ रनक जित हात पारेको थियो।

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]