इंग्ल्याण्ड दबाबमा , रुट र कुकको यस्तो किर्तिमान

  • विकेटनेपाल, २१ साउन

इंग्ल्याण्ड र दक्षिण अफ्रीका बीच टेस्ट सिरिजको अन्तिम टेस्टको पहिलो दिन शुक्रबार इंग्ल्यान्डले पहिले ब्याटिंग गर्दै पहिलो दिनको समाप्तिमा २६०/६ को स्कोर बनाएको छ l

सिरिजमा इंग्ल्याण्ड २-१ ले अघि  रहेको अवस्थामा ओल्ड ट्रयाफर्ड मैदानमा जारि चौथो टेस्टमा टस जितेर इंग्ल्याण्डले ब्याटिंग गरेको थियो l कसिलो बलिंग गरेको अफ्रिकी बलरहरुले इंग्ल्याण्ड ब्याट्सम्यानहरुलाई लामो इनिंग खेल्न दिएनन् l

एलेस्टर कुकले ४६, जोए रुटले ५२ , बेन स्टोक्सले ५८ रनको स्कोर बनाएपनि अफ्रिकी बलरहरुले पारि लम्ब्याउने प्रयास विफल पारेका थिए l

अफ्रिकी बलर डुएन ओलिभर र कासिगो रबाडाले २/२ विकेट लिएका थिए भने मोर्ने मोर्केल र केशब महाराजले १/१ विकेट हात पारे l

रुटको ५००० रन 

जोए रुटले टेस्ट क्रिकेटमा ५००० रन पुरा गरेका छन् l १०५ इनिंगमा ५,००० रन पुरा गरेका २६ बर्षिय रुट सचिन तेन्दुलकर र एलेस्टर कुक पछि ५ हजार बनाउने कान्छा खेलाडी हुन् l ५७ औं टेस्ट खेलीरहेका रुटले १२ शतक र ३० अर्धशतक बनाईसकेका छन् l

रुट र कुकको किर्तिमान 

जोए रुटले पछिल्लो १० टेस्टमा लगातार अर्धशतक वा त्यो भन्दा माथिको स्कोर बनाएका छन् l लगातार १२ टेस्टमा एबि डीभीलर्सले कुनै इनिंगमा ५० माथिको स्कोर बनाउदै यो रेकर्ड आफ्नो नाममा राखेका छन् l इंग्ल्याण्डकै खेलाडी जोहन इडरिचले १९६९-१९७१ को बीचमा लगातार १० पटक टेस्टमा ५० को स्कोर पार गरेका थिए जसको बराबरी रुटले गरेका छन् l

यस्तै एलेस्टर कुक जारि टेस्टमा ४६ रनमा आउट हुँदै सबैभन्दा धेरै पटक ४०-५० को बीचमा आउट हुने ब्याट्सम्यानको रेकर्डमा सचिन तेन्दुलकरको बराबरी गरेका छन् l कुक २२ औं पटक ४०-५० को बीचको स्कोरमा आउट भएका हुन् जसको बराबरीमा सचिन तेन्दुलकर, सौरभ गांगुली, एलन बोर्डर र महेला जयबर्धने छन् l

 

यस्तै एलेस्टर कुक जारि टेस्टमा ४६ रनमा आउट हुँदै सबैभन्दा धेरै पटक ४०-५० को बीचमा आउट हुने ब्याट्सम्यानको रेकर्डमा सचिन तेन्दुलकरको बराबरी गरेका छन् l कुक २२ औं पटक ४०-५० को बीचको स्कोरमा आउट भएका हुन् जसको बराबरीमा सचिन तेन्दुलकर, सौरभ गांगुली, एलन बोर्डर र महेला जयबर्धने छन् l

©England Cricket

४०-५० को स्कोर बीचमा सबैभन्दा धेरै आउट हुने किर्तिमान भने वेस्ट इन्डिज क्रिकेटर शिवनारायण चन्द्रपालको नाममा छ l उनि २४ पटक यो स्कोरमा आउट भएका थिए l यस्तै अर्का वेस्ट इन्डिज स्टार ब्रायन लारा २३ पटक ४०-५० को स्कोरको बीचमा आउट भएका छन् l

कुक नम्बर १ मा पुग्न सक्लान ?





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]