दबाबमा इंग्ल्याण्ड

  • विकेटनेपाल,भदौ २३ 

भारत र इंग्ल्याण्ड बीच ५ टेस्टको शृंखला अन्तर्गत अन्तिम टेस्ट लन्डनको ओभलमा सुरु भएको छ। शृंखला यस अघिनै इंग्ल्याण्डले३-१ ले आफ्नो पक्षमा पारिसकेकको भएता पनि दुवै टिम प्रतिष्ठाको लागि अन्तिम टेस्ट जित्न चाहन्छ।

टेस्टको पहिलो दिन सकिदा टस जितेर ब्याटिंग रोजेको इंग्ल्याण्डले ७ विकेट गुमाएर १९८ रन बनाएको छ। घरेलु टिमको लागि खेल जीवनको अन्तिम टेस्ट खेलिरहेका एलेस्टर कुकले सर्वाधिक ७१ रन तथा मोइन अलिले ५० रन योगदान दिए।

राम्रो सुरुवात गरेको इंग्ल्याण्ड १३३/१ को अवस्थामा थियो। पहिलो विकेटको लागि कुक र किटन जेनिङ्गसले ६० तथा दोश्रो विकेटको लागि कुक र अलिले ७३ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई ठुलो स्कोरतर्फ अघि बढाएका थिए।

तर ६४ औं ओभरमा कुकलाई जस्प्रित बुम्राले बोल्ड गरेपछि भने इंग्ल्याण्डले लगातार विकेट गुमाउन पुगेको थियो। बुम्राले रुटलाई समेत खाता नखोल्दै एलबिडब्लु धरापमा पारे। सिरिजको पहिलो टेस्ट खेलीरहेका रभिंद्र जडेजाले जेनिङ्गस र बेन स्टोक्सको तथा इशान्त शर्माले अलि, बेयरस्टो र स्याम कुरानको विकेट लिएपछि भारतले खेलमा पकड बनाएको हो।

इशान्तले ३ विकेट ( २२-१०-२८-३ ) तथा बुम्रा ( २१-९-४१-२ ) र जडेजाले ( २४-०-५७-२ ) समान २ विकेट लिएका छन्। दिनको समाप्तिमा जोस बटलर ११ तथा आदील राशिद ४ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

पाँचौ टेस्टमा भारतको लागि अलराउण्डर हनुमा बिहारीले डेब्यु गर्ने मौका पाएका छन् भने रभिन्द्र जडेजाले आश्विनको ठाउँमा स्थान बनाएका छन्।

भारतले सिरिज अन्तर्गत पहिलो टेस्ट ३१ रनले, दोश्रो टेस्ट इनिंग र १५९ रनले हारेको थियो। तेश्रो टेस्टमा २०३ रनको जित हात पारेपछि चौथोमा भने पुनः इंग्ल्याण्ड ६० रनले बिजयी भएको थियो। यस अघि सम्पन्न टि-२० शृंखला भारतले ( २-१ ) तथा एकदिवसीय शृंखला इंग्ल्याण्डले ( २-१ ) ले जितेको थियो।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]