दबाबमा इंग्ल्याण्ड

  • विकेटनेपाल,भदौ २३ 

भारत र इंग्ल्याण्ड बीच ५ टेस्टको शृंखला अन्तर्गत अन्तिम टेस्ट लन्डनको ओभलमा सुरु भएको छ। शृंखला यस अघिनै इंग्ल्याण्डले३-१ ले आफ्नो पक्षमा पारिसकेकको भएता पनि दुवै टिम प्रतिष्ठाको लागि अन्तिम टेस्ट जित्न चाहन्छ।

टेस्टको पहिलो दिन सकिदा टस जितेर ब्याटिंग रोजेको इंग्ल्याण्डले ७ विकेट गुमाएर १९८ रन बनाएको छ। घरेलु टिमको लागि खेल जीवनको अन्तिम टेस्ट खेलिरहेका एलेस्टर कुकले सर्वाधिक ७१ रन तथा मोइन अलिले ५० रन योगदान दिए।

राम्रो सुरुवात गरेको इंग्ल्याण्ड १३३/१ को अवस्थामा थियो। पहिलो विकेटको लागि कुक र किटन जेनिङ्गसले ६० तथा दोश्रो विकेटको लागि कुक र अलिले ७३ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई ठुलो स्कोरतर्फ अघि बढाएका थिए।

तर ६४ औं ओभरमा कुकलाई जस्प्रित बुम्राले बोल्ड गरेपछि भने इंग्ल्याण्डले लगातार विकेट गुमाउन पुगेको थियो। बुम्राले रुटलाई समेत खाता नखोल्दै एलबिडब्लु धरापमा पारे। सिरिजको पहिलो टेस्ट खेलीरहेका रभिंद्र जडेजाले जेनिङ्गस र बेन स्टोक्सको तथा इशान्त शर्माले अलि, बेयरस्टो र स्याम कुरानको विकेट लिएपछि भारतले खेलमा पकड बनाएको हो।

इशान्तले ३ विकेट ( २२-१०-२८-३ ) तथा बुम्रा ( २१-९-४१-२ ) र जडेजाले ( २४-०-५७-२ ) समान २ विकेट लिएका छन्। दिनको समाप्तिमा जोस बटलर ११ तथा आदील राशिद ४ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

पाँचौ टेस्टमा भारतको लागि अलराउण्डर हनुमा बिहारीले डेब्यु गर्ने मौका पाएका छन् भने रभिन्द्र जडेजाले आश्विनको ठाउँमा स्थान बनाएका छन्।

भारतले सिरिज अन्तर्गत पहिलो टेस्ट ३१ रनले, दोश्रो टेस्ट इनिंग र १५९ रनले हारेको थियो। तेश्रो टेस्टमा २०३ रनको जित हात पारेपछि चौथोमा भने पुनः इंग्ल्याण्ड ६० रनले बिजयी भएको थियो। यस अघि सम्पन्न टि-२० शृंखला भारतले ( २-१ ) तथा एकदिवसीय शृंखला इंग्ल्याण्डले ( २-१ ) ले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy