T20WC : रबाडाको ह्याट्रिक, जितको बाबजुद दक्षिण अफ्रीका सेमीफाइनल पुग्न असफल

कागीसो रबाडाले ह्याट्रिक विकेट लिंदा रोमान्चक खेलमा इंग्ल्यान्डलाई १० रनले पराजित गरेता पनि दक्षिण अफ्रीका टि-ट्वान्टी विश्वकप २०२१ को सेमीफाइनल पुग्न असफल बनेको छ। सुपर-१२ चरणको समुह ‘१’ को अन्तिम खेलमा दक्षिण अफ्रीकाले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले पुरै ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १७९ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रीकाले ५८ रनले खेल जित्न सकेको भए सेमीफाइनल पुग्ने समीकरण थियो जसमा असफल भएको हो। इंग्ल्यान्डले ८६ रन मात्र बनाए सेमीफाइनल पुग्ने पक्का थियो। जितपछि इंग्ल्यान्ड र अस्ट्रेलियासंग समान ८ अंक रहेता पनि नेट रन रेटको आधारमा पछि परेको दक्षिण अफ्रीका समुहको तेश्रो स्थानमा रहँदै सेमीफाइनल पुग्न असफल रह्यो।  इंग्ल्यान्डको नेट रन रेट +२.४६४, अस्ट्रेलियाको +१.२१६ तथा दक्षिण अफ्रीकाको +०.७३९ रह्यो। समुह ‘१’ को विजेताको रुपमा इंग्ल्यान्ड तथा उपविजेताको रुपमा अस्ट्रेलिया सेमीफाइनल पुग्यो। समुह ‘२’ बाट पाकिस्तान सेमीफाइनल पुगीसकेको छ भने दोश्रो टिमको टुंगो लाग्न बाँकी छ। सेमीफाइनलमा इंग्ल्यान्डले समुह ‘२’ को उपविजेता तथा अस्ट्रेलियाले समुह ‘२’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

रोमान्चक खेलको अन्तिम ओभरमा जित्न १४ रन आवस्यक रहंदा कागीसो रबाडाले अन्तिम ओभरको पहिलो तिन बलमा क्रिस वोक्स, ओएन मोर्गन र क्रिस जोर्डनलाई क्याच आउट गर्दै ह्याट्रिक विकेट लिए। त्यसपछि बाँकी ३ बलमा उनले ३ रन मात्र खर्चे र रोमान्चक जित दिलाए। जारि विश्वकपमा ह्याट्रिक विकेट लिने रबाडा तेश्रो बलर हुन् भने समग्रमा टि-२० विश्वकप इतिहासको चौंथो बलर हुन्। यस अघि श्रीलंकाका वानिन्दु हसरंगा र आयरल्याण्डका कर्टिस क्याम्फरले ह्याट्रिक लिएका थिए।

इंग्ल्यान्डको ब्याटिंगमा मोइन अलिले ३७, डेविड मलानले ३३, जोस बटलरले २६, लियाम लिभिंगस्टोनले २८, जेसन रोयले २० तथा ओएन मोर्गनले १७ रन बनाए। दक्षिण अफ्रीकाको बालिगमा कागीसो रबाडाले ३ ( ४-०-४८-३), तब्रेज शाम्सी ( ४-०-२४-२) र ड्वेन प्रिटोरियस ( ३-०-३०-२ ) र एनरिक् नोर्कियाले १ विकेट ( ४-०-३४-१ ) लिए।

टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा २ विकेट क्षेतीमा १८९ रन बनाएको थियो। उसको लागि रसि भान डर डुसेनले सर्वाधिक ९४ रन बनाए जुन क्रममा अविजित रहँदै उनले ६० बलमा ५ चौका र ६ छक्का प्रहार गरे। डुसेनको स्कोर टि-२० विश्वकपमा दक्षिण अफ्रिकी ब्याट्सम्यानको इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर हो। यस्तै एडेन मारक्रमले २५ बलमा २ चौका र ४ छक्का मद्दतले अविजित ५२ रन बनाए। क्विन्टन डीककले ३४ रन बनाए।

डुसेनले दोश्रो विकेटको लागि डीककसंग ७१ रनको साझेदारी गरे। बाह्रौं ओभरमा डीककलाई आदील रशिदले क्याच आउट पारेपछि डुसेन र मारक्रमले तेश्रो विकेटको लागि ५२ बलमा १०३ रनको अविजित साझेदारी गरे। इंग्ल्यान्ड बलर मोइन अलि ( ४-०-२७-१ ) र आदील रशिदले ( ४-०-३२-१ ) ले समान एक विकेट लिए।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]