इंग्ल्यान्ड सिरिज जिततर्फ अग्रसर

म्यानचेस्टरको इमिरेट्स ओल्ड ट्रयाफोर्ड मैदानमा जारि तेश्रो तथा निर्णायक टेस्टमा घरेलु टोलि इंग्ल्यान्ड वेस्टइन्डिज बिरुद्ध हावी बनेको छ।

सिरिज अन्तर्गत वेस्टइन्डिजले पहिलो टेस्ट ४ विकेटले जितेपछि दोश्रो टेस्ट ११३ रनले जितेको इंग्ल्यान्ड सिरिज जित नजिक पुगेको हो।

इंग्ल्यान्डले पहिलो इनिंगमा ३६९ रन बनाएपछि ब्याटिंग गरेको वेस्टइन्डिजले तेश्रो दिन सम्पूर्ण विकेट गुमाउदै मात्र १९७ रन मात्र बनाउन सक्यो। फलोअन जोगाएता पनि इंग्ल्यान्डले पहिलो इनिंगमा १७२ रनको अग्रता हाँसिल गर्यो।

तेश्रो दिन चिया सत्रसम्मको खेल सकिदा दोश्रो इनिंग सुरु गरिसकेको इंग्ल्यान्डले विकेट नगुमाई ८६ रन बनाईसकेको छ र दोश्रो इनिंगमा अग्रता २५८ रनको लिईसकेको छ। ओपनर रोरी बर्न्स ३८ तथा डोमिनिक सिबले ४० रन बनाएर ब्याटिंग गरिरहेका छन्।

वेस्टइन्डिजको कमजोर ब्याटिंग 

इंग्ल्यान्डले पहिलो इनिंगमा ३६९ रन बनाएपछि ब्याटिंग गरेको वेस्टइन्डिजले इंग्ल्यान्डको अनुशासित बलिंग सामु घुंडा टेक्यो। उसको कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्।

पहिलो ६ विकेट ११० रनमै गुमाएको अवस्थामा सातौँ नम्बरमा ब्याटिंग गरेका कप्तान जेसन होल्डरले ४६ तथा आठौँ नम्बरका शेन दोरिचले ३७ रन बनाउदै लाज ढाके।


इंग्ल्यान्डको बलिंगमा स्टुवार्ट ब्रडले सर्वाधिक ६ विकेट लिए जुन क्रममा १४ ओभरमा ४ मेडन ओभर गर्दै मात्र ३१ रन खर्चिए। जेम्स एण्डरसले २ तथा जोफ्रा अर्चर र क्रिस वोक्सले समान १/१ विकेट लिए।

इंग्ल्यान्डको पहिलो इनिंग 

टेस्टमा टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले ३६९ रन बनाएको थियो। उसको लागि ओली पोपले सर्वाधिक ९१, जोस बटलरले ६७, स्टुवार्ट ब्रडले ६२ तथा रोरी बर्न्सले ५७ रन बनाए। वेस्टइन्डिज बलर केमार रोचले ४ विकेट तथा शानोन ग्याब्रीएल र रोस्टन चेजले २/२ विकेट लिए।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]