- विकेटनेपाल, भदौ ५ – मंगलबार
विराट कोहलीले आफ्नो टेस्ट करियरको २३ औं शतक प्रहार गरेपछि इंग्ल्याण्ड बिरुद्दको तेस्रो टेस्ट खेलको तेस्रो दिनको समाप्तीमा भारतले पकड जमाएको छ। इंग्ल्याण्ड तेस्रो दिन सकिँदा बिना कुनै क्षति २३ रनमा रहेको छ र थप २ दिनमा उसलाई ४९८ रन बनाउनुपर्ने छ। उसका एलिस्टर कुक ९ र किटन जेंनिंग्स १३ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

तेस्रो दिनको सुरुवातमा १२९/२ को अवस्थामा रहँदै २९२ रनको अग्रताबाट सुरुवात गरेको भारतले ३५२/७ को योगफल बनाउँदै घरेलु टिमलाई ५२१ रनको लक्ष्य सहित पारी अन्त्यको घोषणा गरेको थियो। उसका लागि कोहलीले १०३ रन, चेतेश्वर पुजाराले ७२ रन तथा हार्दिक पान्ड्यले ५२ बलमा आक्रामक अविजित ५२ रन बनाए। इंग्ल्याण्डका लागि आदील रशिदले १०१ रन खर्चेर ३ विकेट लिए भने बेन स्टोक्सले ६८ रनमा २ विकेट लिए।
? for @imVkohli!
After falling on 97 in the first innings, he reaches his 23rd Test ton this time, his second century of the series! What a player! ?#ENGvIND pic.twitter.com/6g6XUjKUNo
— ICC (@ICC) August 20, 2018
ट्रेन्टब्रिजमा जारि खेलमा भारतले पहिलो पारिमा विराट कोहली र अजिंक्या रहानेको १५९ रनको साझेदारीको मद्दतमा ३२९ रन बनाएको थियो। कोहली शतकबाट मात्र ३ रनले चुक्दा रहानेले ८१ रनको पारि खेलेका थिए। त्यस्तै पहिलो विकेटको लागि शिखर धवन (३५) र लोकेश राहुल (२३) ले ६० रनको साझेदारी गरे।
टेस्ट क्रिकेटमा डेब्यु गरिरहेका युवा खेलाडी रिषब पन्तले दोश्रो बलमा नै छक्का प्रहार गर्दै भारतका लागि पहिलो रन नै छक्काबाट सुरुवात गर्ने पहिलो खेलाडी बने। उनले २४ रन बनाए। बलिंगतर्फ इंग्ल्याण्डको लागि जेम्स एन्डरसन, क्रिस वोक्स र स्टुअर्ट ब्रोडले समान ३/३ विकेट हात पारे भने विराट कोहलीको विकेट आदील रशिदको नाममा रह्यो।
Alastair Cook and Keaton Jennings survive and the target is under 500! England are 23/0 and need 498 to win.
India are still well on top, and it’s been another near-perfect day for them, headlined yet again by Virat Kohli.#ENGvIND SCORE ➡️ https://t.co/3x88SzxNtJ pic.twitter.com/ZqxkuF0eEZ
— ICC (@ICC) August 20, 2018
जवाफमा ३२९ रनको लक्ष्य लिएर पहिलो पारिमा ब्याटिंग गर्न उत्रेको इंग्ल्याण्ड मात्र १६१ रनमा समेटियो। उसका लागि एलिस्टर कुक (२९) र किटन जेंनिंग्स (२०) ले ५४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए। तर भारतका हार्दिक पान्ड्यले आफ्नो टेस्ट करियरको उत्कृस्ट बलिंग प्रदर्शन गर्ने क्रममा २८ रन खर्चेर ५ विकेट लिएपछि घरेलु टोलि धरासायी भयो र भारतलाई पहिलो पारीमा १६८ रनको अग्रता सुम्पियो। अन्त्यमा जोस बटलरले ३३ बलमा ३९ रनको आक्रामक पारि खेल्दै टिमलाई फलो-अनबाट बचाए। यस्तै इशान्त शर्मा र जस्प्रित बुम्राहले समान २/२ विकेट लिँदा मोहम्मद शामीले १ विकेट लिए।