एकमात्र टि-२० मा इंग्ल्याण्डसंग पाकिस्तान ७ विकेटले पराजित

  • विकेटनेपाल, बैशाख -२३, सोमबार

विश्वकपको तयारि स्वरूप इंग्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले एकमात्र टि-२० खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ७ विकेटको हार व्यहोरेको छ।

टि-२० बरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तानलाई पराजित गर्न प्लेयर अफ द म्याच घोषित इंग्ल्याण्डका कप्तान ईयान मोर्गनले आक्रामक अविजित ५७ रन प्रहार गरे। २९ बलको सामना गरेका उनले ५ चौका र ३  छाक्का हानेपछि १७४ रनको लक्ष्य इंग्ल्याण्डले ४ बल अगावै पुरा गर्यो।

यसअघि बेन डकेट मात्र ९ रन (७ बल, १ चौका) मा आउट भएपनि जेम्स भिन्स र जोए रुटले दोश्रो विकेटको लागि ४५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। भिन्स ३६ रन (२७ बल, ३ चौका, १ छक्का) बनाएर आउट भए। त्यसपछि रुटले कप्तान मोर्गानसँग तेस्रो विकेटको लागि ६५ रनको साझेदारी गरे। उनि तेस्रो विकेट रुपमा ४२ बलमा ४७ रन बनाएर पेभेलियन फर्किए।

जितको लागि ४३ रन आवश्यक रहेको अवस्थामा मोर्गान र डेब्यु गरिरहेका जोए डिन्लेले अविजित ४४ रनको साझेदारी गर्दै खेल जिताए। मोर्गान अविजित ५७ मा रहंदा डिन्लेले पनि १२ बलमा २ चौका र १ छक्का सहित २० रन बनाएका थिए।

पाकिस्तानको लागि बलिंगतर्फ इमाद वासिमले किफायती बलिंग गर्दै ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए। यस्तै शहिन अफ्रिदी र हसन अलिले समान १/१ विकेट हात पारे।

बाबर अजाम र ह्यारिस सोहेलको अर्धशतक

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको पाकिस्तानले बाबज अजाम र ह्यारिस सोहेलको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन वनाएको थियो।

मात्र ३१ रनको योगफलमा दुई खेलाडीलाई गुमाएको पाकिस्तानको लागि ह्यारिस सोहेल र बाबर अजामले १३३ रनको साझेदारी गरे। तर सोहेल ३६ बलमा ५० रन (५ चौका, १ छक्का) र अजाम ४२ बलमा ६५ रन (५ चौका, ३ छका) बनाएपछि दुई बलको अन्तरमा पेभेलियन फर्किए।

अन्त्यमा इमाद वासिमले अविजित १७ रन (१ चौका, १ छक्का) र फहीम अशरफले १८ रन (३ चौका) बनाउंदै स्कोर बढाए।

बलिंगतर्फ इंग्ल्याण्डका आर्चरले २ विकेट लिँदा टम कर्रनले २८ रन तथा क्रिस जोर्डनले ४१ रन खर्चेर समान १/१ विकेट लिए।

जोफ्रा आर्चरको उत्कृस्ट डेब्यु

यहि मे ३० तारिखदेखि आयोजना हुने एकदिवसीय विश्वकपको लागि इंग्ल्याण्डको टिम घोषणा हुँदा आर्चरले सबैभन्दा बढी चर्चा पाएका थिए। इंग्ल्याण्डबाट अन्तर्राष्ट्रिय खेल नखेलेपनि विश्व भरि भईरहेका विभिन्न लिगहरुमा राम्रो प्रदर्शन गरेपछि उनलाई टिममा पर्ने आशा गरिएको थियो। टिममा नपरेपनि उनलाई अवसर स्वरूप पाकिस्तान बिरुद्द जारि सिरिजमा उत्कृस्ट प्रदर्शन गर्दै टिममा स्थान बनाउने बाटो खुला गरिएको छ।

आफ्नो डेब्यु खेल खेलिरहेका आर्चरले खेलको पाचौं ओभरमा बलिंग गर्ने मौका पाएका थिए। उनले पाकिस्तानको लागि टि२० आईमा डेब्यु गरिरहेका इमाम उल हकलाई पाचौं बलमा पेभेलियन फर्काईदिए। त्यस्तै दोश्रो विकेटको रुपमा राम्रो ब्याटिंग गरिरहेका ह्यारिस सोहेललाई डेविड विल्लीको हातबाट क्याच गराए। उनले आफ्नो ४ ओभरको स्पेलमा २९ रन खर्चेर २ विकेट लिए।

यसपछी के?

इंग्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले विश्वकप तयारि स्वरूप अब इंग्ल्याण्डसँग नै ५ खेलको एकदिवसीय सिरिज खेल्नेछ। मे ८ तारिख, बुधबारबाट सुरु हुने सिरिज १४ तारिखमा सकिनेछ।

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]