एपीएफको जितमा भुवनको अल-राउण्ड योगदान, सेमीफाइनल समीकरण पुरा

  • विकेटनेपाल, बैशाख-१८ , बुधबार 

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा शशस्त्र प्रहरी बल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गर्दै सबै ३ वटै खेलमा जितको साथ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। समूह ‘बि’ बाट समुह विजेताको रुपमा एपीएफ र उप-विजेताको रुपमा न्यु होराइजन बुटवल सेमीफाइनल प्रवेश गरेका छन् भने समुह ‘ए’ बाट समूह विजेताको रुपमा कर्णाली-११ र उप-विजेताको रुपमा त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेका छन्।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा जारि प्रतियोगिताको सेमीफाइनल खेलहरु शुक्रबार संचालन हुनेछन्। पहिलो सेमीफाइनलमा कर्णाली-११ र न्यु होराइजनले प्रतिस्पर्धा गर्ने छन् भने दोश्रो सेमीफाइनलमा एपीएफ र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार खेलिनेछ।

भुवन कार्कीको अल-राउण्ड प्रदर्शन 

कालिन्चोक मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो। उसको लागि सुमित महर्जनले सर्वाधिक २६, भुवन कार्कीले २०, आयुष्मान बमले १५ र कमल सिंह ऐरीले अविजित १२ रन योगदान दिए।

एपीएफले पहिलो ५ विकेट ४८ रनमा गुमाएपछि सुमित महर्जन र भुवन कार्कीले ४६ रनको साझेदारी गरेका थिए।

 

महेन्द्रनगर क्रिकेट एकेडेमीका बलर सन्तोष भट्ट (४-०-२०-३ )  र आकाश चन्दले ( ४-०-१९-३ ) समान ३/३ विकेट तथा बिक्रम ठगुन्नाले २ विकेट ( ४-०-३०-२ ) लिए।

१४४ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो र १८ रनले पराजित हुन पुग्यो।

Kamal Singh Airee

महेन्द्रनगरलाई लक्ष्यसम्म पुग्न नदिन एपीएफ बलर कमल सिंह ऐरीले सर्वाधिक ३ ( ४-१-१४-३ ) तथा भुवन कार्कीले २ विकेट ( ४-०-१२-२ ) लिए। सन्तोष भट्टले ५० रन बनाए पनि महेन्द्रनगर जितसम्म पुग्न सकेन। भट्टले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै हेमन्त कार्कीले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

Player of the match Bhuwan Karki

खेलको प्लेयर अफ द म्याच भुवन कार्की घोषित भए। स्कोरकार्ड 

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछनन्।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]