EPL T20 : आज दुई वटा खेल हुँदै, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) अन्तर्गत आज विहिबार दुई खेल हुँदैछन्।

विहान ९:३० बजे कुशल सोमपाल कामि कप्तानीको चितवन टाइगर्स र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ तथा दिउसो १:३० बजे शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र कुशल भुर्तेल कप्तानीको ललितपुर पेट्रिएट्सले प्रतिस्पर्धा गर्नेछन्।

चितवनले आफ्नो पहिलो खेलमा बिराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो जसपछि दोश्रो खेल खेल्दैछ। काठमाडौँले पनि पहिलो खेलमा ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गरेपछि दोश्रो खेल खेल्दैछ। भैरहवा ग्ल्याडीएटर्सले पहिलो खेल वर्षाले प्रभावित हुँदा पोखरासंग अंक बाँडेको थियो भने दोश्रो खेलमा बिराटनगरलाई ६ विकेटले पराजित गरेको थियो। ललितपुरले यस अघि खेलेको दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा काठमाडौँ किंग्स -११ संग तथा दोश्रो खेलमा पोखरा राइनोजसंग पराजित भएको ललितपुरलाई प्लेअफ पुग्न जित महत्वपूर्ण छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो वर्षाको सम्भावना छ त्यसैले दोश्रो खेललाई वर्षाले प्रभावित पार्ने सम्भावना रहेको छ। दिउसो ३ बजे पछि केहि बेर वर्षाको सम्भावना प्रवल छ। हिजो पनि वर्षा हुने अनुमान गरिएको थियो तर दिन भर वर्षा नहुँदा पहिलो खेल ७/७ ओभर तथा दोश्रो खेल पुरै सम्भव भएको थियो। त्यसैले आज पनि त्यस्तै मौसम होस् र खेल सुचारु होस् भन्ने चाहना समर्थकहरुको छ। यस अघि एक बल पनि नभई रोकिएका खेलहरुलाई ईपीएल आयोजकले नयाँ मितिमा सारेको छ।

नयाँ खेलतालिका 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]