काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग टि-२० ( ईपीएल टि-२० ) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्।
विहान ९:३० बजे सुरु हुने दिनको पहिलो खेलमा करन केसी कप्तानीको बिराटनगर वारियर्स र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ प्रतिस्पर्धा गर्नेछन्। यस्तै दिनको दोश्रो खेलमा दिउसो १:३० बजे सोमपाल कामि कप्तानीको चितवन टाइगर्स र कुशल भुर्तेल कप्तानीको ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्।
लिगमा खेलेको ४ वटै खेलमा पराजित भएको बिराटनगर प्लेअफ रेसबाट बाहिर भैसकेको छ त्यसैले आजको खेल उसको लागि प्रतिष्ठाको लागि हुनेछ। अर्कोतर्फ मात्र दुई खेल खेलेको काठमाडौँ प्ले अफ तथा शिर्ष-२ स्थानमा लिग चरणको अन्त्य गर्ने अभियानको सुरुवात बिराटनगरलाई पराजित गर्दै गर्न चाहन्छ। काठमाडौँले पहिलो खेलमा ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा चितवन टाइगर्ससंग ३ विकेटले पराजित भएको थियो।
अर्कोतर्फ तिन वटै जितपछि शानदार लयमा रहेको चितवन अर्को जितका साथ शिर्ष-२ स्थान पक्का गर्ने धुनमा छ। उसले पहिलो ३ खेलमा बिराटनगर, काठमाडौँ र पोखरालाई पराजित गरेको थियो। अर्कोतर्फ खराब सुरुवात पछि पछिल्लो खेलमा बिराटनगर बिरुद्ध प्रतियोगिता इतिहासकै विशाल योगफल ( २२६ ) रन बनाएर लय भेटाएको ललितपुर सोहि लय निरन्तरता दिन चाहन्छ। लिगको अन्तिम खेल हुँदा मात्र ३ अंक बटुलेको ललितपुरलाई प्लेअफ सम्भावना जीवित राख्न जित अत्यावश्यक छ।
अंकतालिका

