EPL : आज एक मात्र खेल, यस्तो छ मौसम पूर्वानुमान

एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) अन्तर्गत मंगलबार एक मात्र खेल हुँदैछ। बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ बीच दिउसो १२:१५ बजे सुरु हुने तालिका रहेको छ।

सोमबार राति पनि वर्षा भएका कारण आजको खेल पनि खेल ढिला सुरु हुने निश्चित रहेको छ। दिनभर घाम लागेको खण्डमा भने थोरै ओभरको भए पनि खेल हुने सम्भावना रहेको छ। तर आज दिउसो पनि हिजो जस्तै २ बजे पछि वर्षा हुने सम्भावना रहेको हुँदा खेल नहुने सम्भावना प्रवल रहेको छ। मौसम पूर्वानुमान अनुसार १२ बजे सम्म घाम लागेता पनि त्यसपछि पानि पर्ने सम्भावना रहेको छ। पूर्वानुमान अनुसार आज राति पनि वर्षाको सम्भावना रहेको छ जसले गर्दा भोलिको खेललाई समेत असर गर्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार र बिहिबार समेत वर्षाको सम्भावना रहेको छ जसले गर्दा ईपीएलको अन्य खेलहरु समेत प्रभावित हुने देखिएको छ।

आज खेल टस समेत नभई स्थगित भएको खण्डमा आजको खेललाई पनि नयाँ मितिमा गर्ने जानकारी छ। सोमबार स्थगित भएका दुईवटा खेलहरु नयाँ मितिमा हुने भैसकेको छ। नयाँ खेल तालिका अनुसार अब काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको खेल अक्टोबर १ तारिख ( शुक्रबार ) विहान ९:३० बजे खेलिनेछ भने चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल अक्टोबर २ तारिख ( शनिवार ) विहान ९:३० बजे खेलिनेछ।

ईपीएलले टिमहरुलाई जारि गरेको नयाँ खेल तालिका अनुसार अब सेप्टेम्बर २९ तारिख ( बुधबार ) देखि अक्टोबर ३ तारिख ( आइतबार ) सम्म प्रत्येक दिन दुई खेल खेलिनेछ। अक्टोबर ४ तारिख ( सोमबार ) एक मात्र खेल खेलिनेछ जुन दिन अझै स्थगित भएको एक खेल खेलाउन सकिने ठाउँ रहेको छ। त्यसपछि अक्टोबर ५, ६ र ७ तारिखमा लिगको प्लेअफ खेलहरु खेलिनेछन् भने अक्टोबर ८ तारिखमा एक दिन फाइनल अघि खेल राखिएको छैन। अक्टोबर ९ तारिख शनिवार लिगको फाइनल खेलिनेछ।

ईपीएलको नयाँ खेल तालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy