एपीवान र ईपीएलबीच रेकर्ड प्रशारण सम्झौता

  • विकेटनेपाल, १४ भदौ

एभरेस्ट प्रिमियर लिग र एपीवान टिभी बीच ३ बर्षे प्रशारण सम्झौता भएको छ l

आज राजधानीमा आयोजित पत्रकार सम्मेलन माझ एपीवानका प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेल र एभरेस्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौतामा हस्ताक्षर गरेका छन् l

एपीवान टेलिभिजनले प्रतिबर्ष १ करोड रुपियाँमा एभरेस्ट प्रिमियर लिगसंग प्रशारण अधिकार खरिद गरेको हो l नेपाली क्रिकेट इतिहासमै यो सबैभन्दा ठुलो प्रशारण सम्झौता हो l

प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले यो पटक प्रत्यक्ष प्रशारण गर्दा १२ वटा क्यामरा प्रयोग गर्ने तथा थर्ड अम्पायर समेत उपलब्ध हुने बताएका छन् l यस्तै मैदानमा दर्शकको लागि ठुलो स्क्रिन समेत देखाइने छ l

प्रत्येक खेलको दौरान खेल विश्लेषण, अक्सन, पुरस्कार वितरण समारोहको अधिकार एपीवानमा रहनेछ l

एभरेस्ट प्रिमियर लिग प्रबन्ध निर्देशक अख्तरले यो सम्झौताले लिगको प्रशारण अन्तर्राष्ट्रिय स्तरको हुने बिश्वास गरेको र त्यसैले एपिएवानसंग सम्झौता गरेको बताए l यस्तै एपिवन निर्देशक पौडेलले प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन हरसम्भब प्रयास गर्ने बताएका छन् l

एभरेस्ट प्रिमियर लिगको यो सिजन डिसेम्बरमा आयोजना गरिनेछ जसको अक्सन दशैं पछि आयोजना गर्ने योजना रहेको अख्तरले बताएका छन् l पोखरा, काठमाडौँ, ललितपुर, बिराटनगर, भैरहवा र बिरगंज गरी ६ सहरको टोली सहभागी हुँदै छन् l टिम र टिम मालिकको घोषणा भइसकेको छैन l

आमिर अख्तर ( ईपीएल, प्रबन्ध निर्देशक )

लिगमा सहभागी टिमहरुले अनिबार्य ३ जना बिदेशी खेलाडीहरु खेलाउनु पर्नेछ l एक टिममा १५ जना खेलाडीहरु रहने छन् जसमा १ खेलाडी ट्यालेन्ट हन्ट बाट प्रत्येक टिमले छनौट गर्नु पर्नेछ l

प्रतियोगिताको बिजेताले रु. २१ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटमै सर्बाधिक पुरस्कार राशी हो l

लक्ष्मी प्रसाद पौडेल ( एपीवान, प्रबन्ध निर्देशक )




थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]