इपिएल : भैरहवाद्वारा ४ विदेशी खेलाडीको घोषणा, प्रशिक्षकको रुपमा पुबुदु नेपालमा

एभरेष्ट प्रिमीयर लीग (इपीएल)का लागि साविक उपविजेता भैरहवा ग्लाडियटर्सले थप तीन विदेशी खेलाडीलाई अनुबन्ध गर्दै विदेशी कोटा पुरा गरेको छ ।

भैरहवाले आज पत्रकार सम्मेलन गर्दै तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो जसमा दुई श्रीलंकाली र एक ओमानी खेलाडी छन् ।

भैरहवाले श्रीलंकाका अलराउण्डर जीवन मेन्डिज र बायाँ हाते व्याट्सम्यान मिनिन्डा सिरिवर्दनेलाई अनुबन्ध गरेको छ भने एशोसियट राष्ट्र ओमानका तीव्र गतिका बलर बिलाल खानलाई अनुबन्ध गरेको छ । भैरहवाले यसअघि वेष्टइण्डिजका अलराउण्डर ड्वेन स्मिथलाई अनुबन्ध गरि सकेको छ । चार खेलाडीको टुंगो लागेसंग भैरहवा सन्तुलित टिम बनेको टिमका एक मालिक आदित्य साङ्घाईले बताए ।

यस्तै पत्रकार सम्मेलनमा टिमका प्रशिक्षक तथा नेपाली राष्ट्रिय टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायके समेत सहभागि थिए। सो क्रममा बोल्दै प्रशिक्षक दासानायकेले चार वर्षपछि नेपाल फर्किन पाएकोमा खुशी व्यक्त गरे टिम उपाधि हासिल गर्ने दाबेदार टोली बनेको बताए । भैरहवाको कप्तानमा नेपालका भरपर्दा अलराउण्डर शरद भेषवाकर रहेका छन्।

यी हुन् भैरहवाको लागि खेल्ने ४ विदेशी खेलाडीहरु :- 

जीवन मेन्डिस :- ३७ वर्षीय अलराउण्डर मेन्डिस लेग स्पिनर र देब्रे हाते ब्याट्सम्यान हुन्। श्रीलंकाको लागि २०१२ र २०१५ को टि-२० विश्वकपमा प्रतिनिधित्व गरेका मेन्डिसले कुल ५८ एकदिवसीय र २२ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्।  एकदिवसीयमा कुल २८ तथा टि-२० मा १२ विकेट लिएका उनले ब्याटिंगतर्फ एकदिवसीयमा ६ सय ३६ रन र टि-२० मा २ सय ७ रन बनाएका छन्।

अन्तिम पटक मेन्डिसले दक्षिण अफ्रीका बिरुद्ध २०१९ मा श्रीलंकाको प्रतिनिधित्व गर्दै एकदिवसीय खेलेका थिए। श्रीलंकन टिम बाहेक मेन्डिसले बिभिन्न देशको फ़्रेन्चाइज् लिग खेलीसकेका छन्। आईपिएलमा दिल्ली डेयर डेभिल्स तथा बिग ब्यासमा सिड्नी सिक्सर्सको प्रतिनिधित्व गरेका थिए।

बिलाल खान :- ३१ वर्षीय ओमानका बायाँ हाते तिब्र गति बलर बिलाल खानले ओमानको लागि १० एकदिवसीय र ३५ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। गत वर्ष सेप्टेम्बरमा सम्पन्न टि-२० विश्वकप छनौट प्रतियोगिताबाट ओमान टि-२० विश्वकपमा छनौट हुँदा खान ९ खेलमा १८ विकेट लिंदै प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता रहेका थिए।

मिनिन्डा सिरिवर्दना :– ३४ वर्षीय अलराउण्डर सिरिवर्दना देब्रे हाते स्पिनर र ब्याट्सम्यान हुन्। श्रीलंकाको लागि ५टेस्ट, २७ एकदिवसीय र २२ टि-२० खेलेका उनले २०१५ मा डेब्यु गरेका थिए। अन्तिम पटक २०१७ मा बंगदेश बिरुद्ध टि-२० खेलेका उनले ब्याटिंगमा २२ को औशतले ५ सय १६ रन तथा बलिंगमा ९ विकेट लिएका छन्।

ड्वेन स्मिथ :- वेस्ट इन्डिज क्रिकेटर ३६ वर्षीय स्मिथ आक्रामक ब्याटिंगको लागि चिनिने गर्छन्। २००४ मा वेस्टइन्डिजको लागि टेस्ट डेब्यु गरेका स्मिथले अन्तिम पटक २०१५ मा वेस्टइन्डिजको लागि टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका थिए। आईपीएलमा चेन्नई सुपर किंग्स, डेक्कन चार्जर्स र गुजरात लायन्सको लागि खेल्ने क्रममा स्मिथलाई २०१४ मा चेन्नईले ४ करोड २५ लाख भारुमा टिममा लिएको थियो।

वेस्टइन्डिजको लागि स्मिथले १० टेस्ट, १०५ र ३३ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। टि-२० क्रिकेटमा उनले ८ अर्धशतक मदतले १ हजार ५ सय ६० रन बनाएका छन् भए बलिंगमा ७ विकेट लिएका छन्।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]