EPL मा आज दुईवटा खेल हुँदै, चितवनलाई प्लेअफ स्थान मजबुत बनाउने अवसर

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी (ईपीएल टि-२० ) अन्तर्गत शुक्रबार दुईवटा खेल हुँदैछन्।

दिनको पहिलो खेलमा विहान ९:३० बजे करन केसी कप्तानीको बिराटनगर वारियर्स र कुशल भुर्तेल कप्तानीको ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्। यस्तै दिनको दोश्रो खेलमा १:३० बजे दिउसो बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज र सोमपाल कामी कप्तानीको चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।

लिग अंकतालिकामा बिराटनगर दुवै खेलमा हार बेहोर्दै छैठौं स्थानमा छ जो पहिलो खेलमा चितवन टाइगर्ससंग २ विकेटले तथा दोश्रो खेलमा  भैरहवा ग्ल्याडीएटर्ससंग ६ विकेटले पराजित भएको थियो। ललितपुर अंक तालिकामा पाँचौ स्थानमा छ जसले ३ खेलमा २ हार र १ बराबरी नतिजा ल्याएको छ। पहिलो खेलमा काठमाडौँ किंग्स-११ संग ७ विकेटले तथा दोश्रो खेलमा पोखरा राइनोजसंग ९ विकेटले पराजित भएको ललितपुर तेश्रो खेलमा भैरहवासंग बराबरीमा रोकिएको थियो।

यस्तै पोखरा २ खेलमा २ जित र १ खेल नतिजाविहिन रहंदा ३ अंक सहित तेस्रो स्थानमा रहेको छ। पहिलो खेल भैरहवासंग नतिजाविहिन रहेपछि पोखराले दोश्रो खेलमा बिराटनगर वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो। अर्कोतर्फ चितवन टाइगर्स दुवै खेलमा जित दर्ता गर्दै ४ अंक सहित दोश्रो स्थानमा रहेको छ। चितवनले पहिलो खेलमा बिराटनगर वारियर्सलाई २ विकेटले तथा दोश्रो खेलमा काठमाडौँ किंग्स-११ लाई ३ विकेटले पराजित गरेको थियो।

आज चितवन विजयी भएर तेश्रो जित दर्ता गरेको खण्डमा प्लेअफमा पुग्ने सम्भावना मजबुत हुनेछ भने अंकतालिकाको शिर्ष स्थानमा पुग्नेछ। बिराटनगर र ललितपुरलाई भने प्लेअफ सम्भावना जीवित राख्न जित अत्यावश्यक छ। पोखरा पनि जित दर्ता गर्दै प्लेअफ यात्रा मजबुत बनाउन चाहन्छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]