इपिएलमा आज २ खेल : ललितपुरले थाम्ला लेभीलाई ? चितवन जितको पर्खाईमा

Bhim Sharki
  • विकेटनेपाल, मङ्सिर-२४ 

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत सोमबार समेत दुई खेल हुँदैछन्।

सोमबार सम्पन्न पहिलो खेलमा बिहान ९ बजे चितवन टाईगर्सले काठमाण्डौ किंग्स ११ को सामना गर्नेछ। यस्तै दिनको दोस्रो खेलमा दिउँसो १२:४५ बजे पोखरा राइनोज र ललितपुर प्याट्रीयट्स प्रतिस्पर्धा गर्नेछन्।

आइतवार सम्पन्न दिनका दुई खेलहरुमा ललितपुर र भैरहवाले जित दर्ता गरे। दिनको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाईगर्सलाई ११ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा चितवन निर्धारित २० ओभरमा १३२ रनमा  रोकिन पुग्यो। ललितपुरलाई जित दिलाउन प्रतियोगिताको अन्तिम खेल खेलिरहेका सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट (४-०-२५-३) लिएका थिए। यस्तै दिनको दोस्रो खेलमा रबि इन्दर सिंहको कीर्तिमानी ब्याटिंगमा भैरहवा ग्लाडीएटर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै पोखराले दिएको २१६ रनको बिशाल लक्ष्य भैरहवाले खेल सकिन २ बल बाँकी रहंदा पुरा गरेको थियो। उसको जितमा भारतीय खेलाडी रबि इन्दर सिंहले अविजित १२५ रन जोडेका थिए।

काठमाण्डौ र चितवन भिड्दै 

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाण्डौ किंग्स ११ र चितवन टाईगर्स भिड्ने छन्। खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९:०० बजे सुरु हुनेछ।

पछिल्लो सिजन सोचे अनुरुप प्रदर्शन गर्नबाट चुकेका दुबै टोलीलाई यस पटक भन्ने आफुलाई प्रतियोगितामा प्रमाणित गर्नु पर्ने दबाब रहेको छ। पृथु बास्कोटाको कप्तानीमा रहेको चितवनले आईतवार सम्पन्न आफ्नो पहिलो खेलमा ललितपुर बिरुद्ध हार बेहोरेको थियो भने काठमाण्डौ आफ्नो पहिलो खेलमा उत्रिन लागेको हो। खेलमा पहिले ब्याटिंग गर्दै ललितपुरले बनाएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १३२ रन बनाउन सकेको थियो।

युवा टोलि रहेको चितवन टाईगर्समा पल् स्टर्लिंग, जर्ज स्कट र जोन सिम्प्सन जस्ता बिदेशी खेलाडी रहेपनि युरोपेली मुलका खेलाडीहरुलाई नेपाली मैदानमा घुलमिल गर्न समय लाग्ने पहिलो खेलमा प्रस्ट देखिएको थियो। आक्रामक ब्याटिंग गर्न चिनिने भिम शार्की, दिपेन्द्र ऐरी, सन्दिप सुनार जस्ता खेलाडी चितवनका लागि बलियो पक्ष रहेका छन्।

पहिलो खेलमा दिपेन्द्र ऐरिले, कप्तान पृथु बास्कोटाले तथा जर्ज स्कट ब्याटिंगमा केहि लय देखाएका थिए भने बलिङ्गमा जर्ज स्कट बाहेक अन्य बलरहरुले खास योगदान नदिनु टाइगर्सको समस्या रह्यो। ओपनर पल स्टरलिङ्ग पहिलो खेलमा फ्लप भए भए दोश्रो खेलबाट लय पाउने आशा टिमले गर्नेछ।

चितवन टाइगर्स : पृथु बास्कोटा (कप्तान), दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित सिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आदिल खान, भिम सार्की, सन्दिप सुनार, अकाश थापा , बिदेशी खेलाडी : पल स्टर्लिंग (आयरल्याण्ड), जोन् सिम्प्सन (इंग्ल्याण्ड), जर्ज स्कट (इंग्ल्याण्ड)

उता काठमाण्डौ किंग्स ११ समेत जितबाट प्रतियोगिताको सुरुवात गर्ने दाउमा रहनेछ । पछिल्लो संस्करणको खराब प्रदर्शन पछि टोलीले यस पटक कप्तानीको जिम्मा सोमपाल कामीलाई दिएको छ। टोलीमा केभिन ओ ब्रायन, रोहन मुस्तफा, प्रदिप साहु जस्ता बिदेशी खेलाडी रहेपनि रोहन मुस्तफा भने पहिलो खेलमा उपलब्ध रहने छैनन्। मुस्तफाको सट्टा भारतीय खेलाडी सुब्रमन्यम आनन्दलाई किंग्स-११ ले टिममा भित्र्याएको छ जो मध्येक्रम ब्याट्सम्यान तथा विकेटकिपर हुन्।

टोलीको फास्ट बलिङ्गको सम्पूर्ण जिम्मेवारी भने सोमपाल कामीको काँधमा रहने देखिन्छ। सोमपाल र जितेन्द्र मुखिया बाहेक टोलीमा अन्य कुनै प्रमुख तिब्र गतिका बलर रहेका छैनन्। अमर सिंह रौटेला यद्यपी फास्ट बलिंग अलराउण्डरको रुमपा खेल्दै आएका छन्।

काठमाडौं किंग्स ११ : सोमपाल कामी (कप्तान) , नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र कुमार मुखिया, सागर पुन, राजु रिजाल, विक्रम कुमार भुषाल, अमरसिंह रौटेला, संसाद सेख, अमित श्रेष्ठ, नितेश थापा, पुरन विश्वकर्मा , बिदेशी खेलाडी : रोहन मुस्तफा (युएई), केभिन ओ ब्रायन (आयरल्याण्ड), प्रदिप साहु (भारत)

दोहोरिएला लेभीको आक्रमण ?

एभरेष्ट प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कायल कोट्जर कप्तानीको पोखरा राइनोजले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ। प्रतियोगितामा दुई खेल खेलेको ललितपुरले समान १ जित र १ हार बेहोरेको छ। यस्तै पोखरा भने आफ्नो पहिलो खेलमा भैरहवासंग पराजित भएको थियो।

 

आइतवार सम्पन्न आफ्नो पहिलो खेलमा पोखरा राइनोजका बिदेशी खेलाडी रिचर्ड लेभीले बिष्फोटक ब्याटिंग गर्दै ७९ रन जोडेका थिए। ओपनिङ्ग साझेदारीको रुपमा लेभी र कायल कोट्जरले ८.२ ओभरमै १०४ रन जोडे। लेभी विस्फोटक ७९ रन बनाएर आउट हुँदा ३६ बलमा ७ छक्का र ७ वटै चौका प्रहार गरे। यस क्रममा उनले मात्र २३ बलमै अर्धशतक पुरा गरे। उनलाई कृष्ण कार्कीले क्याच आउट गराए पछि भैरहवाले राहतको स्वास फेरेको थियो।

लेभीको बिष्फोटक इनिंगका बाबजुत पोखरा खेलमा पराजित हुन पुगेको थियो। बलिंगतर्फ टोलीले १९.४ ओभरमा २१६ रन खर्चिन पुग्यो। पोखराका लागि सबै बलरहरु महँगो साबित बन्द टोलीले हारनै बेहोर्नु परेको थियो। शक्ति गौचन, देब सह, सुशन भारी जस्ता स्पिनरहरु प्रशस्त रनका लागि लुटिएका थिए। यद्यपी टोलीको ब्याटिंगमा लेभी संगै कायल कोट्जर, सुनिल धमला, सौरभ खनाल, बिनोद भण्डारी जस्ता बिष्फोटक ब्याट्सम्यान रहेका छन्।

Richard Levi
Richard Levi

टोलीले ललिपुर बिरुद्ध आफ्नो अन्तिम ११ मा परिवर्तन गर्ने संकेत देखिन्छ। बलिंगतर्फ महँगो साबित बनेका देब साहको स्थानमा बिपिन खत्रीले मौका पाउने अधिकतम सम्भावना रहेको छ।

पोखरा राइनोज : शक्ति गौचन, विनोद भण्डारी, सुशन भारी, सुनिल धमला, राजेश पुलामी मगर, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब , देब साह बिदेशी खेलाडी : कायल कोट्जर ( कप्तान ) (स्कटल्याण्ड) , रिचर्ड लेभी (दक्षिण अफ्रिका), पल् कोग्लिन (इंग्ल्याण्ड), सन्नी भिमसारिया (हंगकंग)

प्रतियोगितामा आइतवार चितवन बिरुद्ध जित निकालेको ललितपुर भने लय कायम राख्ने दाउमा रहने छ। यद्यपी चितवन बिरुद्धको जितमा नायक साबित सन्दिप लामिछानेको अवाभ भने टोलीलाई खड्किने छ। सन्दिप बिग ब्यास लिग खेल्न अष्ट्रेलिया उडीसकेका छन्।

ललितपुरको टोलीमा ललित नारायण राजबंशी, सन्नी पटेल, गौरभ तोमर, पवन सर्राफ जस्ता अन्य उत्कृस्ट स्पिनर रहेका छन्। ब्याटिंगतर्फ समेत सन्दिप जोरा, कप्तान ग्यानेद्र मल्ल, जयकिशन कोल्सावालबाट टोलीले रनको अपेक्षा गर्नेछ।

ललितपुर प्याट्रीएट्स : ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुमित झा, सुन्दिप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामाङ, कमल खत्री , बिदेशी खेलाडी : सन्नी पटेल (भारत), गौरब तोमर (भारत), जयकिशन कोल्सावाल (भारत)

 





थप समाचार

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]

अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि

लिगान्स क्रिकेटद्वारा आयोजित अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि १९ सम्म हिमालयन क्रिकेट एकेडेमीमा हुने भएको छ। यस प्रतियोगितामा १० […]

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीले २० लाख पाउने, जान्नुस कुन खेलाडी कुन टिमको मार्की बने

नोभेम्बर ३० तारिख देखि नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको मार्की खेलाडीले कम्तिमा २० लाख […]

इङ्ग्ल्यान्डद्वारा सिरिजमा बराबरी

काठमाडौं । घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा […]

क्यानडामा नेपालको विजयी सुरुआत

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी […]

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]