ईपिएल फाईनल : कोल्सावालाको अर्धशतकमा ललितपुरद्वारा भैरहवालाई १५६ रनको लक्ष्य

Jaykishan Kolsawala
  • विकेटनेपाल, पुष-७ , शनिवार 

एभरेष्ट प्रिमिय्र्र लिग अन्तर्गत ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीएट्र्स बिच जारी फाइनल खेलमा ललितपुरले भैरहवालाई जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिंग गरेको ललितपुरले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि जयकिशन कोल्सावाला र गौरभ तोमरले ४१ रन जोडे।

छैठौं ओभरमा तोमर टेन डेस्काटेले क्याच आउट गराउदै भैरहवाको विकेटको खाता खोले। तोमर २३ रन बनाएर आउट भए जुन क्रममा १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल १० रन बनाएर आठौँ ओभरमा आउट भए। १ छक्का  उनलाई शरद भेसावकरले क्याच आउट गराए। त्यसपछि पवन सर्राफ ( ५ रन ) पनि रन आउट हुन पुग्दा ललितपुर ७१/३ ( १०.२ ओभर ) को अवस्थामा पुग्यो।

Abinash Bohara
Abinash Bohara

त्यसपछि सन्दिप जोरा र कोल्सावालाले चौथो विकेटको लागी ३९ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। जोरा १४ औं ओभरमा भुवन कार्कीको बलमा क्याच आउट हुन पुगे जस अघि उनले ११ बलमा २ छक्का र १ चौका मदतले २४ रन बनाए। त्यसपछि ब्याटिंगमा आएका सन्नी पटेल पनि १ रन बनाएर कृष्ण कार्कीको बलमा क्याच आउट भए। ११ रन बनाएर कुशल भुर्तेललाई पनि कृष्ण कार्की कार्कीले आउट गरे।

जयकिशन कोल्सावाला पनि अर्धशतक पुरा गरेर आउट भए। ५२ बलमा उनले ३ छक्का र ३ चौका प्रहार गरेका उनलाई पनि कृष्ण कार्कीले पेभिलियन फर्काए।

त्यसपछि लगातार विकेट गुमाउने क्रममा तल्लो क्रममा सोनु तामांग ३ , योगेन्द्र कार्की ३ तथा राशिद खान खाता नखोली आउट भए।

भैरहवाको लागि कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिंदा २ ओभरमा १५ रन खर्चिए। यस्तै मोहम्मद नबिद ( ४-०-३२-२ ) र रायन टेन डेस्काटेले ( ३.१-२-२१-२ ) २/२ विकेट लिए।

ललितपुर प्लेयिंग ११ – ज्ञानेन्द्र मल्ल, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, राशिद खान, सन्दिप जोरा, योगेन्द्र कार्की, सन्नी पटेल, जयकिशन कोल्सावाला, गौरभ तोमर

भैरहवा प्लेयिंग ११ –  शरद भेसावकर, आरिफ शेख, रोहित पौडेल , कृष्ण कार्की, भुवन कार्की, प्रदिप ऐरि , अविनाश बोहरा, कुशल मल्ल, रभी इन्दर सिंह, रायन टेन डेस्काटे, मोहम्मद नबिद

प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस बाइक पाउने छन्।

प्रतियोगिता अन्तर्गत लिग चरणमा ४ जित र १ हार सहित अंकतालिकामा शिर्ष स्थानमा रहँदै प्लेअफ चरण प्रवेश गरेको ललितपुरले पहिलो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई १ विकेटले पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको थियो।

अर्कोतर्फ लिग अंकतालिकामा तेश्रो स्थानमा ३ जित र २ हार सहित रहेको भैरहवाले इलिमीनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले तथा दोस्रो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]