ईपिएल फाईनल : ललितपुर पहिले ब्याटिंग गर्दै , यस्तो छ अन्तिम-११

  • विकेटनेपाल, पुष-७ , शनिवार 

एभरेस्ट प्रिमियर लिग टि- २० अन्तर्गत फाइनल खेलमा ललितपुर प्याट्रीएट्ससंग भैरहवा ग्ल्याडीएटर्सले टस जितेर पहिले  बलिङ्ग गर्ने निर्णय गरेको छ।

ललितपुरले आफ्नो अन्तिम ११ टिममा तिब्र गति बलर राशिद खानलाई लेफ्ट आर्म स्पिनर सुर्य तामांगको सट्टा भित्र्याएको छ भने भैरहवाले अन्तिम खेलको टिमलाईनै खेलाएको छ। राशिदले पछिल्लो खेल घाइते भएका कारण गुमाएका थिए।

प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस बाइक पाउने छन्।

ललितपुर प्लेयिंग ११ – ज्ञानेन्द्र मल्ल, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, राशिद खान, सन्दिप जोरा, योगेन्द्र कार्की, सन्नी पटेल, जयकिशन कोल्सावाला, गौरभ तोमर

भैरहवा प्लेयिंग ११ –  शरद भेसावकर, आरिफ शेख, रोहित पौडेल , कृष्ण कार्की, भुवन कार्की, प्रदिप ऐरि , अविनाश बोहरा, कुशल मल्ल, रभी इन्दर सिंह, रायन टेन डेस्काटे, मोहम्मद नबिद

ईपिएलको गत सिजनको फाइनलमा पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले फाइनलमा भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गर्दै उपाधि जितेको थियो।

प्रतियोगिता अन्तर्गत लिग चरणमा ४ जित र १ हार सहित अंकतालिकामा शिर्ष स्थानमा रहँदै प्लेअफ चरण प्रवेश गरेको ललितपुरले पहिलो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई १ विकेटले पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको थियो।

प्रतियोगितामा ललितपुर प्याट्रीएट्सको हालसम्मको नतिजा 

पहिलो खेल :- बिराटनगर वारियर्ससंग ३ विकेटले पराजित , दोश्रो खेल :- चितवन टाइगर्ससंग ११ रनले विजयी ,
तेश्रो खेल :- पोखरा राइनोजसंग ८ विकेटले विजयी , चौथो खेल :- काठमाडौँ किंग्स-११ संग १० विकेटले विजयी ,
पाँचौ खेल :- भैरहवा ग्ल्याडीएटर्ससंग ६ विकेटले विजयी , छैठौं खेल ( क्वालीफायर ) :-  काठमाडौँ किंग्स ११ संग १ विकेटले विजयी

प्रतियोगितामा भैरहवा ग्ल्याडीएटर्सको हालसम्मको नतिजा 

पहिलो खेल :- पोखरा राइनोजसंग ४ विकेटले विजयी,  दोश्रो खेल :- चितवन टाइगर्ससंग १२ रनले विजयी ,
तेश्रो खेल :-
 बिराटनगर वारियर्ससंग ४ विकेटले विजयी  , चौथो खेल :- काठमाडौँ किंग्स-११ संग ७ विकेटले पराजित  ,
पाँचौ खेल :- ललितपुर प्याट्रीएट्ससंग ६ विकेटले पराजित, छैठौं खेल ( इलिमीनेटर ) :-चितवनसंग ४ विकेटले विजयी ,
सातौँ खेल ( क्वालिफायर ) :- काठमाडौँसंग ६ विकेटले विजयी

भैरहवा र ललितपुरको इतिहासमा भेट ( हेड टु हेड ) – भैरहवा २ – १ ललितपुर 

हालसम्म ललितपुर र भैरहवाले ईपिएल इतिहासमा ३ पटक खेलेका छन्। ३ मध्ये २ खेलमा भैरहवा र १ खेलमा ललितपुर विजयी भएको छ। सन् २०१७ को ईपिएलमाको लिग चरणको खेलमा भैरहवाले ललितपुरलाई ७ विकेटले तथा सोहि प्रतियोगिताको पहिलो क्वालीफायरमा भैरहवाले ललितपुरलाई ८ विकेटले पराजित गरेको थियो। यो सिजन लिग चरणमा १ खेल खेल्ने क्रममा भने ललितपुरले भैरहवालाई ६ विकेटले पराजित गरेको थियो।

ललितपुरको लागि राम्रो प्रदर्शन गर्ने ५ खेलाडीहरु – 

गौरभ तोमर : भारतीय खेलाडी तोमरले ईपिएलमा ६ खेल खेल्दा कुल २०६ रन बनाएका छन्। यस क्रममा उनले १९६ को स्ट्राइक रेटले ब्याटिंग गरिरहेका छन्। तोमरले लिग चरणमा काठमाडौँ किंग्स-११ बिरुद्ध अविजित ८० रन तथा पोखरा राइनोज बिरुद्ध ८२ रनको इनिंग खेलेका थिए।

सन्नी पटेल : टिमका अर्का भारतीय खेलाडी लेग स्पिनर पटेलले ६ खेलमा १० विकेट लिंदै धेरै विकेट लिने सुचीमा पहिलो स्थानमा रहेका छन्। उनले ४.९५ प्रतिओभर रन खर्चिएका छन्। यस क्रममा उनले भैरहवालाई पराजित गर्दा ५ विकेट तथा चितवन र काठमाडौँ बिरुद्ध २/२ विकेट लिएका थिए।

जयकिशन कोल्सावाला : अर्का भारतीय खेलाडी विकेटकिपर ब्याट्सम्यान कोल्सावालाले कुल १३१ रन बनाएका छन् भने ५ वटा क्याच र  २ वटा स्टम्पिङ्ग समेत गरेका छन्। यस क्रममा उनले पोखरा राइनोजसंग ५१ रन बनाएका थिए भने काठमाडौँसंग अविजित २७ र भैरहवासंग अविजित २२ रन बनाएका थिए।

पवन सर्राफ : प्रतियोगितामा ६ खेलमा कुल ९ विकेट लिएका अफस्पिनर सर्राफले काठमाडौँसंग क्वालीफायरमा ३ विकेट लिएका थिए। यस्तै लिग चरणमा काठमाडौँ र पोखरासंग उनले ३/३ विकेट लिएका थिए।

योगेन्द्र सिंह कार्की :  ५ खेलमा ७ विकेट लिएका मध्यम तिब्र गति बलर कार्कीले क्वालीफायरमा काठमाडौँलाई पराजित गर्दा ३ विकेट लिनुको साथै म्याच जिताउने अविजित २८ रन बनाएका थिए। यस्तै भैरहवा र काठमाडौँसंग लिग चरणमा उनले २/२ विकेट लिने क्रममा किफायती बलिङ्ग पनि गरेका थिए।

भैरहवाको लागि राम्रो प्रदर्शन गर्ने ५ खेलाडीहरु – 

रभी इन्दर सिंह : भारतीय खेलाडी रभीले प्रतियोगिताकै सर्वाधिक रन बनाउने क्रममा ७ खेलमा ३०८ रन बनाएका छन्। उनले १५७ को औशतले रन बनाएका छन्। प्रतियोगितामा उनले पोखरा राइनोज बिरुद्ध सिजनकै एक मात्र शतक बनाउने क्रममा १२५ रन बनाएका थिए भने काठमाडौँ किंग्स-११ अविजित ८६ रन बनाएका थिए।

मोहम्मद नबिद : ५ खेलमा १० विकेट लिएका युएईका फास्ट बलर नबिदले ५.२१ रन प्रतिओभर रन खर्चिएका छन्। यस क्रममा नबिदले बिराटनगर वारियर्ससंग ४ विकेट लिएका थिए भने चितवन टाइगरसंग ३ र क्वालीफायरमा काठमाडौँ किंग्स-११ संग २ विकेट लिएका थिए।

रायन टेन डेस्काटे : नेदरल्याण्ड क्रिकेटर रायनले अल-राउण्ड प्रदर्शन गर्ने क्रममा ब्याटिंगमा ७ खेलमा १६५ रन तथा बलिङ्गमा ७ विकेट लिएका छन्। यस क्रममा उनले क्वालीफायरमा काठमाडौँसंग ४५ रन बनेका थिए भने लिग चरणमा ललितपुरसंग २ विकेट लिनुको साथै ३७ रन पनि बनाएका थिए।

अविनाश बोहरा : तिब्र गति बलर बोहराले ७ खेलमा ७ विकेट लिने क्रममा ५.१७ रन प्रतिओभर खर्चिएका छन्। डेथ ओभरमा राम्रो बलिङ्ग गरिरहेका बोहराले चितवन टाइगर्स र विराटनगर वारियर्ससंग २/२ विकेट लिएका थिए र किफायती बलिङ्ग समेत गरेका थिए।

कुशल मल्ल : युवा खेलाडी कुशल मल्लले इलिमीनेटरमा चितवनसंग अविजित २७ रन बनाएका थिए भने क्वालीफायरमा काठमाडौँ किंग्स-११ संग ३ विकेट लिंदै टिमलाई फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए। मल्ल यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका छन्।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]